तीन फाइनान्सले नाफा बढाउँदा ११ वटाको घट्यो, कस्को कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण १४ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेका छन् । अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेका १४ वटा फाइनान्स मध्ये तीन वटाले मात्रै नाफा बढाएका छन् । बाँकी सबैको नाफा घटेको छ । दुई वटा त घाटामा गएका छन् । 

मञ्जुश्री फाइनान्स कम्पनीले ८१.१० प्रतिशत नाफा बढाउँदा गोर्खाज फाइनान्सले २४६.९७ र पोखरा फाइनान्सले २०.१२ प्रतिशतले नाफा बढाएका हुन् ।  

Advertisement

समीक्षा अवधिमा मञ्जुश्रीले १३ करोड ६५ लाख रुपियाँ, गोर्खाज फाइनान्स कम्पनीले ६ करोड ७१ लाख रुपियाँ र पोखरा फाइनान्सले ३ करोड ५५ लाख नाफा कमाएको हो । प्रतिशतका आधारमा गोर्खाज फाइनान्सको ग्रोथ राम्रो देखिएको छ भने रकमका आधारण मञ्जीश्रीले धेरै नाफा कमाएको हो । 

त्यसैगरी गत वर्षको समीक्षा अवधिभन्दा गुडविल फाइनान्सले ४०.७२, आईसीएफसी फाइनान्सले ५७.७३, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ५५.१२, जानकी फाइनान्सले ५५ प्रतिशत, नेपाल फाइनान्सले ५९.५१ प्रतिशत, बेष्ट फाइनान्सले ९३.०८ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ७४.८२ प्रतिशत, मल्टिप्रपोज फाइनान्सले ४९.६२ प्रतिशत र सेन्ट्रल फाइनान्स ९८.८५ प्रतिशत नाफा घटाएको छ । प्रोग्रेशिभ फाइनान्स र समृद्धि फाइनान्स घाटामा गएका छन् ।  

चालु आवको छ महिनामा गुडविलले ४ करोड ६९ लाख, आईसीएफसीले ३ करोड ९१ लाख, श्री इन्भेष्टमेन्टले २ करोड ७ लाख, जानकीले १ करोड ४५ लाख, नेपाल फाइनान्सले १ करोड ३४ लाख, बेष्ट फाइनान्सले ९७ लाख २ हजार, गुहेश्वरी मर्चेन्टले ७२ लाख १९ हजार, मल्टिप्रपोजले २३ लाख ३१ हजार र सेन्ट्रल फाइनान्सले ३ लाख ९९ हजार नाफा कमाएको छ । 

प्रोग्रेशिभ फाइनाइन्स समीक्षा अवधिमा १ करोड ३० लाख र समृद्धि फाइनान्स ७ करोड ७३ लाख घाटामा देखिएको छ । 

वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)

राष्ट्रिय स्तरका विकास बैंक: तीन वटाको नाफा बढ्दा अरुको घट्यो (सूचीसहित)

Advertisement

Advertisement