दाहाल र ओलीले दुई दिनसम्म सकारात्मक जवाफ नदिएपछि स्वतन्त्र पार्टीको आकस्मिक बैठक

Advertisement

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । यसअघि नै सरकार छोड्ने तयारीमा रहेको सो पार्टीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेका थिए । 

गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै आएको स्वतन्त्र पार्टी संभवतः सरकारबाट बाहिरिने निर्णय गर्नसक्ने छ । 

Advertisement

सत्ता समर्थक नेपाली कांग्रेससहित नेकपा एमाले र माओवादीका धेरै नेताहरु स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई गृह मन्त्रालय दिने कुराबाट भयभित देखिन्छन् । 

Advertisement

Advertisement