मर्जरका क्रममा कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सिभिलका कर्मचारी आन्दोलित

Advertisement

काठमाडौं । मर्जरका क्रममा कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारी आन्दोलित भएका छन् । हिमालयन बैंकसँग मर्जरमा जान लागेको सिभिल बैंकका कर्मचारी मंगलबारदेखि आन्दोलित भएका हुन् । 

आफूहरुलाई एक तह कम गरेर समायोजन गर्न लागिएको भन्दै उनीहरुले बुधबार बिहान पनि देशभरका शाखाहरुमा केही समय पेन डाउन गरे । तर बैंकका एक कर्मचारीले भने तह एउटै र सेवा सुविधा एउटै भए पनि पदको नाम फरक हुँदा तह घटुवा हुनेजस्तो अनुभूति कर्मचारीहरुलाई भएको बताए । 

Advertisement

उनले भने, ‘जस्तो यता सुपरभाइजर लेवल छ । हिमालयनमा छैन् । यता सुपरभाइजर लेवल भएकोलाई उतार सिनियर एसिस्टेन्ट भन्दा घटुवा हुने जस्तो फिल भएको हो । यसले खाईपाई आएको सुविधा घट्ने वा तह घट्ने भन्ने होइन् । तर कसैले सिभिल बैंक छोडेर कतै ज्वाइन गर्न जान लागेको हो भने उसलाई भनेर अलिकति असर पर्छ ।’ 
 
मर्जरमा जान अन्तिम सम्झौता गरिसकेका सिभिल र हिमालय बैंकले आउँदो फागुनबाट एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । पछिल्लो समय सिभिल बैंकले पनि आफ्नो वित्तीय अवस्था निकै सबल बनाउँदै लगेको अवस्था छ । 

सिलिभ स्रोतले हिमालयन बैंकका सीईओ अशोक राणा अहिले बाबुको शोकमा रहे पनि आन्दोलनरत कर्मचारीसँग व्यवस्थापनको कुराकानी भइरहेको र समस्या समाधानका लागि पहल जारी रहेको बताए । उनले यसको टुंगो भने राणा काममा फर्किएपछि लाग्ने बताए । 

Advertisement

Advertisement