विचौलिया नभई सेवाग्राहीको काम कठिन, तर कम्पनी रजिष्ट्रारको कार्यालय विचौलिया चिन्दैन

Advertisement

काठमाडौं । प्रविधिको प्रयोग गर्न थालेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा भीडभाड केही कम भएको छ । तर कम्पनी दर्तादेखि अद्यावधिक गर्ने कार्यसम्म सेवाग्राही भौतिकरुपमा उपस्थित नभई काम बन्दैन् । 

यस्तै साना कामका लागि सेवाग्राही आफै उपस्थित हुँदा हप्तौं लाग्ने काम विचौलियामार्फत पैसा दिएर गराउँदै सहज हुन्छ । धेरै आलोचनापछि कार्यालयमा अहिले विचौलिया केही घटेको देखिए पनि बाक्लै उपस्थिति देखिन्छ । उनीहरुमध्ये कतिपय कुनै कम्पनीको प्रतिनिधिको रुपमा प्रस्तुत हुन्छन् भने कतिपय ग्राहकको प्रतिक्षा गरेर  बसिरहेको देखिन्छ ।  

Advertisement

तर कार्यालयका अधिकारीहरु भने विचौलिया नभई र पैसा नदिई काम हुँदैन भन्ने आरोपको प्रतिवाद गर्छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश बरालले प्रविधिको प्रयोगपछि धेरै काम अनलाइनमार्फत नै गर्न सकिने र पहिला जस्तो भीड पनि अहिले नहुने बताउँदै कार्यालयमा अहिले झन्झट नरहेको दावी गरे । 

उनले भने, ‘नयाँ कम्पनी दर्ता गर्दा व्यवसायीले के काम गर्ने हो ? उद्देश्य के हो ? बुझेर दर्ता गर्न आयो भने कुनै झन्झट हुँदैन् ।’ पहिला पहिला भने सेवाग्राहीलाई धेरै समस्या रहे पनि अहिले त्यस्तो नरहेको बताउँदै बरालले कम्पनीको प्रतिनिधि भएर काम गर्न आउने कर्मचारीलाई विचौलिया भन्न नमिल्ने तर्क गरे ।   

पहिला विचौलिया धेरै हुनुमा कार्यालयको नभई कर्पोरेट अफिसहरुको कारण भएको उनको तर्क छ । देशमा लगानी र रोजगारीको राम्रो अवसर नहुँदा पनि पहिला विचौलिया बढेको हो भन्दै बरालले अहिले विचौलिया विना नै कम्पनीका आधिकारिक कर्मचारीमार्फत सहज काम हुने दावी गरे । यस्ता कर्मचारीलाई आफूहरुले रोक्न नमिल्ने उनको भनाई छ । 

तर कार्यालयमा आएका सेवाग्राहीले भने पहिलाको जस्तो झन्झट नभए पनि समस्या अझै रहेको बताउँछन् । कम्पनी अद्यावधिक गर्न आएका एक सेवाग्राहीले भने, ‘वकिललाई कति पैसा दिने भनेर आफै आएको । कहिले के मिलेन भन्छन् । कहिले के गर्नुपर्छ भन्छन् । तीन पटक भइसक्यो आएको । के खोजेको हो ? बुझ्नै सकिन्न । 

Advertisement

Advertisement