नेपाल ट्रष्टको पैसाबाट पशुपती र लुम्बिनी विश्वविद्यालय खोल्ने मन्त्री किरातीको चाहना

Advertisement

काठमाडौं । सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपाल ट्रष्टको आम्दानीले पशुपती र लुम्बिनीमा विश्व विद्यालय खोल्न सकिने बताएका छन् । 

बिहीबार उनले नेपाल ट्रष्टको जिम्मेवारी पनि पाएपछि पदबहार ग्रहण गर्दै नेपाल ट्रष्टको आम्दानीले पशुपती र लुम्बिनीमा विश्वविद्यालय खोल्न सकिन्छ बताएका हुन् ।

Advertisement

किरातीले भने, ‘ट्रष्टको नियमावलीमा शिक्षा क्षेत्रमा लगानी गर्ने कुरा छ । विश्वले ठूलठूला आणविक हतियार बनाउन सक्ला । विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्लान । तर हाम्रो सगरमाथा, पशुपती र लुम्बिनीको फोटोकपी गर्न सक्दैनन् ।’ 

विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा हामीले विश्व हिन्दु विश्वविद्यालय स्थापनाको प्रश्ताव अगाडी किन नबढाउने ? बताउँदै उनले लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापनाका लागि ट्रष्टले त्यो योजना अगाडी बढाउनुपर्ने बताए । 

किरातीले थपे, ‘मानिस जन्मिएपछि मर्छ भन्ने अनुभूती मात्रै गर्ने हो भने कसैले नकारात्मक काम गर्ने छैनन् । मान्छे अजम्बरी हुनलाई त सुन्दर कर्म गर्नुपर्छ ।  म त तपाईंहरुको नेतृत्व प्लेनको पाइलट जस्तो जहाजको ककपिटमा बसेर जहाज उडाउने हैन् ।’

म कसैलाई जात, लिङ्ग र विचारको आधारमा विभेद गर्ने छैन् भन्दै उनले निर्धक्क काम गर्न र परिणाम निकाल्न आग्रह गरे । अब यही ट्रष्टबाट धेरै उदाहरणीय काम गर्ने किरातीले बताए । ट्रष्टको बैठक महिनामा दुई पटक गर्ने निर्णय समेत उनले गरे । 

Advertisement

Advertisement