चार करोड रुपियाँ लगानीको प्रतिवद्धतासहित उद्योग विभागमा आज दुई उद्योग दर्ता

Advertisement

काठमाडौं । उद्योग विभागमा चार करोड रुपियाँ लगानी गर्ने प्रतिवद्धतासहित दुई उद्योग दर्ता भएका छन् । दुवै उद्योग होटलमा लगानी गर्ने उद्देश्यले दर्ता भएका हुन् । 

काठमाडौं र पोखरामा खोलिने यी होटलमा कस्मिक पिरामिड प्रालि र माई रेष्ट्रो प्रालि हुन् । बेलायती लगानी रहने कस्मिकले पोखरामा होटल खोल्न लागेको हो भने फ्रान्सको लगानी रहने माई रेष्ट्रोले काठमाडौंमा रेष्टुरेन्टमा लगानी गर्न लागेको हो ।  

Advertisement

कस्मिकले १९ जनालाई रोजगारी दिने बताएको छ भने माई रेष्ट्रोले ११ जनालाई रोजगारी दिने बताएको छ । 

Advertisement

Advertisement