भोजभत्तेर र रात्रिकालीन रेष्टुरेन्टमा बिक्री गर्ने गरिएको अनुमान

ठूलो परिमाणमा म्याद गुज्रिएका बियर बरामद

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका साढे २२ लाख रूपियाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद गरेको छ ।  

विभागले बियर बिक्री गर्ने दुई गोदाममा छापा मारी ठूलो परिमाणमा यस्ता बियर बरामद गरेको हो । बरामद बियरमा अधिकांश बाह्रासिंहे बियर छ । 

Advertisement

राजधानीको सिनामंगलमा रहेको सीके ट्रेडिङको गोदाममा छापामार्दा उपभोग्य मिति सकिएको दुई हजार एक सय कार्टुन बियर बरामद भएको विभागको विज्ञप्तिमा उल्लेख छ । म्याद गुज्रिएका बियर भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेन्टहरुमा आपूर्ति गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

Advertisement