युवा व्यवसायी साखः उपभोक्तालाई फरक स्वादको राजा च्याउदेखि डल्ले च्याउसम्म चखाउँदै

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा देशभरका थुप्रै उदयमान युवा व्यवसायीहरुका उत्पादन र सिर्जनाहरु प्रदर्शनी भइरहेको छ । 

मेलाको भिडमा भक्तपुरका एक उदयमान युवा व्यवसायी उत्साहका साथ आफूले उत्पादन गरेको च्याउको बिक्री गर्ने र अवलोकनकर्ताहरुलाई जानकारी दिइरहेका देखिन्छन् । उमेरले  जम्मा २४ बर्ष मात्रै भएका सार्थक साखः दुई बर्षदेखि च्याउ खेतीमा छन् । 

Advertisement

मेलामा सहभागी हुन पाउँदा र मेला हेर्न आएकाहरुले आफ्नो च्याउको बारेमा जानकारी माग्दा उनी उत्साहित हुन्छन् । भक्तपुरको कटुन्जेमा पाँच रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गर्दै आएका उनी व्यवसायीबाट सन्तुष्ट छन् । 

दश करोड रुपियाँ लगानीबाट सुरु भएको उनको व्यवसायमा अहिले मासिक २५ लाखको बिक्री छ । साखःको व्यवसायमा १२ जनाले रोजगारी पनि पाइरहेका छन् । अर्काको मुलुकमा गएर दुःख गर्नुभन्दा आफ्नै मातृभूमिमा मेहनत गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी मेकानिकल इन्जिनियर हुन् । 

मिनर्भ फारम प्रालि नामक कम्पनी खोलेर च्याउ खेती गरेका साखःले च्याउ खेती सुरु गर्दा उनलाई खिस्याउने धेरै थिए । तर उनले कहिले पनि हरेस खाएनन् । उनले दुःख गर्दै जाँदा प्रतिफल पनि आउन थाल्यो । च्याउको ठूलो बजार काठमाडौं उपत्यका नै भएकाले साखःलाई टाढा पनि पुर्याउन परेन् । 

उनी भन्छन्, ‘पढाई सक्काएको दिन कलेजबाट घर फर्कंदा मैले च्याउ खेती गर्ने योजना बनाएको थिए । बुबा ममीले पनि विदेश जानुभन्दा नेपालमै केही गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो । पढाई सकेपछि एक बर्ष मैले च्याउका बारेमा धेरै अध्ययन अनुसन्धान गरें । यसको बरोमा बुझें । त्यसपछि बल्ल लगानी गरेको हो ।’

नयाँ प्रविधिको विकास भएसँगै च्याउ खेतीमा सहज तथा मुनाफामुखी भएको बताउँदै उनले देशको कृषि अर्थतन्त्रको विकासमा सहयोग पुगोस भनेर आफूले च्याउ खेती रोजेको बताए । साखःले च्याउ खेतीका लागी कालिमाटीको एग्रो बिजनेश सेन्टर फर रिसर्च एण्ड डिभलपमेन्टबाट च्याउको बीउ लैजान्छन् । 

सार्थक साखले आफूले छुटै स्वादको च्याउ उपभोत्तmामाझ पुर्याउँदै आएका छन् । राजा च्याउ, ब्ल्याक पोइल च्याउ, सिताके च्याउ उत्पादन गदै आएका च्याउ उपभोक्तालाई चखाउँदै आएका उनले एक महिनापछि डल्लेच्याउ बजारमा ल्याउँदै छन् । 

आफूले फार्मबाट दैनिक सय किलो च्याउ उत्पादन गर्दैआएको साखःले बताए । च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ काठको धुलो बनाउने मेसिन आफैले घरमा राखेका उनले आफूले उत्पादन गर्ने च्याउमा कुनै पनि रासायनिक वस्तुको उपयोग नरहेको बताए । साखःले भने, ‘ढुक्कले खाँदा हुन्छ । कुनै पनि केमिकल प्रयोग भएको छैन हाम्रो उत्पादनमा ।’

शाकाहारीले बढी रुचाउने च्याउ खाँदा कोलस्टोर कम हुने उनले बताए । साखःले च्याउ विशेषगरी जाडो समयमा फल्ने भए पनि आफूहरुले बाह्रै महिना उत्पादन गर्दै आएको बताए । 

Advertisement