चिया उद्योग सञ्चालन गर्दै आएकी ज्ञानु उप्रेती भन्छिन्– उधारो कारोबारले गाह्रो बनाएको छ

Advertisement

काठमाडौं । ज्ञानु उप्रेती चिया उद्यमी हुन् । ‘ग्राण्ड लाइफ’ ब्राण्डका चियापत्ती उत्पादन गरी बिक्री गर्दै आएकी उनी विगत १५ बर्षदेखि यस क्षेत्रमा संलग्न छिन । एक दशक चिया उद्योगमा काम गरेर अनुभव संगालेपछि उप्रेतीले पाँच बर्षअघि आफै चियापत्ती उत्पादन सुरु गरेकी हुन् । 

इलामको तिनजुरेको चियापत्तीबाट पत्ति ल्याएर विभिन्न प्रकारका चिया उत्पादन गर्दै आएकी उप्रेती भन्छिन्, ‘पाँच वर्ष भयो मैले आफ्नै उद्योग खोली नेपाली बजारमा आफ्ना चिया बिक्री गर्न थालेको छ । अहिले बजार निकै राम्रो भइसकेको छ । श्रीमानको साथ र सहयोगले आज म सफल उद्यमी बनेको छु ।’

Advertisement

ज्ञानु उप्रेतीको भक्तपुरको मध्यपुर ठिमीमा ज्ञानु टि प्याकेजिङ उद्योग छ । यो उद्योगले अर्गानिक चिया उत्पादन गर्दै आएको छ । उनी भन्छिन्, ‘नेपाली बजारमा विभिन्न प्रकारका नयाँ स्वादका चिया उत्पादन गरेर बजारीकरण गर्दै आएकी हु ।’

उप्रेतीको चिया उद्योगमा सिटिसि चिया, स्पेसल ग्रिन टि, अर्गानिक टि जस्ता तीन प्रकारका चियापत्ती बन्ने गरेका छन् । उनको विराटनगरमा पनि उद्योग छ । उक्त उद्योगबाट अर्गानिक टि ल्याएर बिक्री गर्दै आएकी छन् भने सिटिसि चिया यहाँ ल्याएर प्याकेजिङ गरी बिक्री गर्ने गरेको बताइन् । अर्गानिक टि इलामको तिनजुरेबाट अडर गरेको सात दिनभित्र गोदाममा ल्याई चियापत्ती बनाउने गरेको उप्रेतीको भनाई छ । 

उनले आफूहरुले उत्पादन गरेका चिया गुणस्तरीय र स्वादिष्टसमेत रहेको बताइन् । 

ग्रिन टिः शरीरमा खाएका खाने कुराहरु पचाउन  सहयोग गर्छ । मधुमेह ,उच्च रक्तचापका बिरामीका लागि ग्रिन टि फाइदाजनक छ ।  ग्रिन टिको सेवनबाट मोटोपन घट्ने मात्रै नभई शरीरको पाचन प्रणालीलाई खाना पचाउन पनि सहयोग गर्छ । खाना खाएको आधा घण्टापछि ग्रिन टि खाँदा खानामा भएको रसायन शरिरबाट फाल्ल मद्दत गर्छ । 

अर्गानिक चियाः अर्गानिक चियाले शरिरमा भएको ग्याष्ट्रिक हटाउन मद्दत गर्छ । गाढा रङ ,सुगन्धित बास्ना, मिठो स्वाद तथा खानेकुरा पचाउने हुँदा हरेक दिन अर्गानिक चियाको प्रयोगले स्वास्थलाई राम्रो गर्छ। 

चियासिडः चियासिड कब्जियतका बिरामीको लागि फाइदाजनक छ । चियासिड फाइबरयुक्त चिया हो । केमोमायल जस्मा जंगली वनस्पतिको फूलबाट बनाइएको हुन्छ । केमोमायलको चिया प्रयोग गर्दा पिरमुक्त हुनुका साथै शरीरलाई एक प्रकारको उर्जा र आनन्द दिन्छ । निद्रा लाग्न सहयोग गर्छ । 
 
हर्बल टिः गुलाफको पत्ता, चमेलीको पत्ता, बाबरीको पत्ता, कागतीको पत्ताको मिसाबटबाट हर्बल टि बनाउने गरिन्छ । हर्बल टि बहुउपयोगी चिया हो जसले धेरै प्रकारका रोज निको पार्न सहयोग गर्छ । 

चिया बगानमा उपलब्ध हुने चिया जस्तै एक स्युरो एक पातदेखि पाँच पात, पाँच स्युरोसम्मको चिया ज्ञानुको उद्योगमा पाइन्छ । उनको उद्योगबाट उत्पादित चियापत्ती भत्तmपुर, ललितपुर, काठमाडौंका खुद्रा पसल, अनलाइन तथा सुपरमार्केटमा उपलब्ध हुँदै आएको छ । 

ज्ञानु उप्रेतीको उद्योगमा उत्पादित चिया सय ग्रामको रु दुई सयदेखि एक सय ग्रामको आठ सयसम्म पर्छ । उनको उद्योगमा भुटेको, बफाएको, हातले माडेको चियाको विविधता पनि पाइन्छ । दैनिक सरदर ४० देखि ५० हजार रुपियाँको चियापत्ती बिक्री गर्दै आए पनि बजारमा माग कहिले उच्च रहने, कहिले  व्यापार नहुने समस्या भोग्नु परेको सुनाउँदै उप्रेतीले यद्यपि यस व्यवसायबाट सन्तुष्ट रहेको बताइन् । 

उनले व्यवसाय गर्न भन्दा पनि बजारमा दिएको सामानको पैसा उठाउन गाह्रो हुने गरेको बताइन् । आफूले सामान पुर्याएका चार सय जति पसलमध्ये केहीले बेइमानी गर्ने गरेको उप्रेतीको भनाई छ । 

सुरुको दिनमा व्यवसाय गर्दा धेरै चुनौति भोगेको उप्रेतीले बताइन् । उनले भनिन्, हरेक दिन स्कुटरमा १० किलो बोकेर पसल–पसल जान्थें । पसले कहिले झर्किने, कहिले थर्काउने, कहिले नचिनेको सामान कहाँ राख्नु ? भन्थे । धेरै पटक धाएपछि बल्ल पसलेले सामान राख्थे ।’ पहिला पाँच प्याकेट चियापत्ती छोडेर आउने गरेको पसलमा अहिले सय प्याकेटसम्म छोड्ने गरेको उप्रेतीले बताइन् । 

Advertisement