आईजीआई र प्रुडेन्सियलको एकीकृत कारोबार बैशाख १ बाट, चुक्तापुँजीमा सबैभन्दा ठूलो बन्ने

Advertisement

काठमाडौं । मर्जरमा जाने अन्तिम तयारी गरिरहेका आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार बैशाख १ गतेबाट हुने भएको छ । गत माघ २८ गते मर्जरको प्रारम्भिक सम्झौता गरेका उनीहरुले नेपाली नयाँ वर्षको अवसर पारेर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 

मर्जरपछि उक्त कम्पनीहरुको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने यसअघि नै सहमति भएको छ । दुवै कम्पनी एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् ।  

Advertisement

अहिले प्रुडेन्सिय इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख रुपियाँ रहेको छ भने आईजीआईको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपियाँ रहेको छ । मर्जरपछि बन्ने नयाँ कम्पनी चुक्ता पुँजी (दुई अर्ब ८० करोड ८५ लाख)को हिसावले सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बन्ने छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम् सीमा साढे दुई अर्ब रुपियाा तोकेको छ । 

Advertisement

Advertisement