प्रसिद्धी कमाएको हेटौंडाको ‘श्रीकृष्ण खुवा भण्डार’को ४३ वर्षको इतिहास

Advertisement

काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् । 

बाबुले २०३६ सालबाट सुरु गरेको खुवा उत्पादन व्यवसायमा आफूले पनि विगत दुई दशकदेखि सक्रिय रहेको रामकुमार तिमल्सिनाले बताए । खुवासँगै उनले पनिर ,घ्यू, मिठाई, पुष्टकारी, गुँदपाक उत्पादन गर्दै पैतृक पेशालाई धान्ने काम गर्दै आएका छन् । 

Advertisement

बाबु कृष्णप्रसाद काभ्रे ढुङ्खर्कबाट हेटौंडा बसाई सरेका थिए । सोही ठाउँमा रहेर खुवा उत्पादन गर्दै बिक्री गर्न थालेपछि खुवाले नै उनलाई सबैतिर परिचित बनायो । ‘हामी हेटौंडाको पूरानो खुवा व्यवसायी हो, छोरा राजकुमारले भने, ‘हरेक दिन बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म दिनहुँ खुवा उत्पादन गछौं । दैनिक ४० देखि ५० किलोसम्म खुवा बिक्री हुने गरेको छ ।’ 

श्रीकृष्ण खुवा बिक्री भण्डारबाट उत्पादित खुवा प्रतिकिलो सात सयमा बिक्री हुन्छ । व्यवसायबाट सबै खर्च कटाएर मासिक ५० हजार जति जोगिने गरेको रामकुमार तिमल्सिनाले बताए । शुद्ध र सफा भैंसीको दुधबाट खुवालगायतका परिवार उत्पादन गर्ने भएकाले उपभोक्ताले बढी मन पराउने र विश्वास गर्ने गरेको बताउँदै उनले आफूहरुको उत्पादनको गुणस्तरमा कुनै कमजोरी नहुने दावी गरे । 

खुवा उत्पादन गर्न परिवारका सदस्यले मात्रै नभ्याउने भएकाले तिमल्सिना परिवारले एक जना कर्मचारी पनि राखेका छन् । विशेषगरी चाडपर्वहरु दशैं, तिहार, तीज, आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन बढी खुवा बिक्री हुने गर्छ । 

श्रीकृष्ण खुवा बिक्री भण्डारको खुवा जनकपुर, चितवन, पोखरा, कलैयाका ठूला मिठाई पसल, हेटौंडा धुम्न आउनेहरुले बढी किन्ने गरेको तिमल्सिनाले बताए । बाबुले दुई वटा कराईमा एक रुपियाँ मानाको दुधबाट खुवा बनाउन सुरु गर्दा एक पाउको तीन रुपियाँ र एक किलोको १५ रुपियाँमा बिक्री हुने गथ्र्यो भन्दै उनले बाबुले खुवा उत्पादन सुरु गर्दा अरु कसैले यो व्यवसाय गर्न नजानेको दावी गरे ।  

तर अहिले तिमल्सिनाको भण्डार नजिकै २० वटा खुवा उत्पादन व्यवसाय सुरु भइसकेका छन् । अरुले उनको व्यवसायको नक्कल गरे पनि खुवा भन्ने बित्तिकै श्रीकृष्ण खुवा बिक्री भण्डारको नाम सबैभन्दा पहला स्थानीय जनताले लिन्छन् । अरुले जति उत्पादन बढाएको भए पनि हाल सम्म आफ्नो व्यापार नघटेको उनले बताए ।  

तिम्सिनाले स्थानीय कृषकबाट दुध खरीद गर्दै आफ्नो व्यवसाय गर्दै आएका छन् । हाल उनको खुवा उत्पादन गर्न स्थान नजिकै २० वटा जति खुवा उत्पालन  व्यवसायी भएको उनले  जानकारी गराए । अरु नयाँ व्यवसाय जति थपिए पनि व्यापारबाट घाटा नभएको उनले बताए  । तिमल्सिना भन्छन्, ‘व्यापार विश्वासमा चल्ने हो । शुद्धता भएन भने ग्राहकको मन जित्न सकिन्न ।’ 

उनले एक जना कृषकले दिनको सय लिटरसम्म दुध दिँदै आएको सुनाउँदै कृषकसँग १२ महिनासम्मको ठेक्का लिएर दुध किन्ने गरेको सुनाए । यसो गर्दा कृषकलाई पनि दुध बिक्री गर्न अन्यत्र जानुनपर्ने र आफूलाई पनि दुधको अभाव नहुने तिमल्सिनाको भनाई छ । 

उनले मासिक तीन लाखसम्मको दुध खपत गर्छन् । भैंसी पालक किसानलाई भैंसी थप्न परेमा निब्र्याजी सापटी पनि तिमल्सिना दिन्छन् । त्यो पनि उनी दुध खरीद गरा हिसाव मिलान गरिदिन्छन् । हालसम्म उनले पाँच वटा भैंसी पालन गर्ने फर्मलाई यस्तो सापटी दिएका छन् । हालसम्म खुवा बनाउन दाउरा पनि सहजरुपमा पाउने गरेको तिमल्सिनाले बताए । 

Advertisement

Advertisement