ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा छानिए १० वटा स्टार्टअप

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् ।

स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न यस कार्यक्रम अन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका छन् । छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राईट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी टे«डिङ रहेका छन् । छानिएका स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुनेछ । 

Advertisement

४ वटा संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ । जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने छ । 

ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्नेछ । 

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह प्राप्त हुनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ । 

Advertisement

Advertisement