सरकारको पुँजीगत खर्चमा समस्या देखिएको अर्थमन्त्रीद्धारा स्वीकार, अबको बजेटमा सुधारिने

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्चमा मितव्ययीता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँष्को भेटमा सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययीता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताएका हुन् । 

महतले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमलाई कटौती गर्ने बताए । उनले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । 

Advertisement

सरकारको पुँजीगत खर्चमा समस्या देखिएको महतले स्वीकार गरे । उनले पुँजीगत खर्च समयमा गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए । महतले भने, ‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययीता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरु आए पनि धेरै कम गर्न कोशिस गर्छौँं । साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न गाह्रो छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छ ।’

उनले थपे, ‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको लागत बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने, समिति स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको छ ।’

महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए । उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताए । 

Advertisement

Advertisement