वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ७० करोडः सात वटाको घट्यो, कुनले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । एक्काइस वाणिज्य बैंकहरुले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म कूल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार खुद नाफा कमाएका छन् । 

सबै वाणिज्य बैंकले आज तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधिमा भन्दा ११.६७ प्रतिशतले नाफा बढाएका हुन् । गत आवको समीक्षा अवधिमा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपियाँ नाफा कमाएका थिए । 

Advertisement

२१ वाणिज्य बैंक मध्ये १४ वटाले नाफा बढाउँदा ७ वटाले नाफा घटाएका छन् । सनराइज, प्राइम, माछापुच्छ्रे, नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ र कृषि विकास बैंकले नाफा घटाएका हुन् । बाँकी १४ वटाको नाफा बढेको छ ।

नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउँदा रकमका आधारमा ग्लोबल आईएमई र एनआईसी एशिया क्रमशः दोस्रो र तेस्रो भएका छन् । 

प्रतिशतका आधारमा भने एभरेष्ट बैंकले सबैभन्दा बढी ६२.६३ प्रतिशतले नाफा बढाएको छ । दोस्रोमा स्ट्याण्डर्ड चार्टर्डले ६०.२४ र तेस्रोमा नबिल बैंकले ५२.६२ प्रतिशतले नाफा बढाएको हो । 

त्यसैगरी सबैभन्दा धेरै कृषि विकास बैंकले ४५.३६ प्रतिशतले नाफा घटाउँदा सिद्धार्थ र सिटिजन्सले क्रमशः २८.६५ र २२.२४ प्रतिशतले नाफा घटाएका छन् । 

यता पाँच वाणिज्य बैंकले तीन अर्ब बढी नाफा कमाएका छन् । नबिल, ग्लोबल आइएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैकले तीन अर्ब बढी नाफा कमाएका हुन् । 

कुन बैंकले कति कमाए ?  

  
 

Advertisement

Advertisement