आज (वैशाख ११)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको ११ गते सोमबार, वैशाख शुक्लपक्षको चौथी तिथि । आज आद्यगुरु शंकराचार्य जयन्ती रहेको छ । त्यसैगरी आज लोकतन्त्र दिवस पनि । आजबाट मत्स्येन्द्रनाथ रथयात्रा आरम्भ ।

मेष 
आर्थिक लाभ मिल्ने छ । पेशागत जीवनमा तथा व्यावसायिक क्षेत्रबाट लाभ मिल्ने छ । अरुको मन जित्न सकिने हुँदा अरुबाट सहजै काम लगाउन सकिने छ । प्रभावकारी बोली हुने भएकाले ठुला बडा प्रभावित हुने छन् । यात्राको अवसर प्राप्त हुने छ । शेयर क्षेत्रबाट भने अपेक्षाकृत लाभ मिल्ने छैन् ।

Advertisement

वृष
पेशागत क्षेत्रमा सफलता प्राप्त हुने छ । पदोन्नति हुने तथा थप जिम्मेबारी प्राप्त हुने अवस्था रहेको छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुने छ तर बचत हुन भने कठिन हुने छ । मानसिक द्वन्दबाट भने गुज्रनु पर्ने छ । यात्रामा सुखद् क्षण आउने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
कमाएको रकम व्यर्थ खर्च हुने अवस्था आउने छ । पेशाप्रति केन्द्रीत हुने स्वाभाव बन्न नसक्दा प्राप्त जिम्मेबारी राम्रोसँग निर्वाह गर्न नसक्दा पेशामा उचित मुल्यांकन हुन सक्ने छैन् । बोलीमा रुखोपना आउँदा राम्रो भन्न खोज्दा पनि नतिजा उचित आउने छैन् । संयमित रहेर कार्य गर्नु पर्ने देखिन्छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।

कर्कट
मनोरञ्जनका विषयमा मन जाने छ । सुखका साधनहरु प्रयोग गर्न निकै मन लाग्ने छ । आर्थिक कमाई पनि धेरै हुने र खर्च पनि धेरै हुने छ । पेशागत जीवनमा भने केही उल्झनहरुको सामना गर्नु पर्ने छ । परिवारमा भाँडभैलौको अवस्था आउने छ । दाम्पत्य जीवनमा प्रेममा सफलता मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

सिंह
आर्थिक अवस्था असन्तुलन रहने छ । पेशागत जीवनमा मध्यमस्तरको गति कायम रहने छ । मनमा दुविधाका क्रमका कारण निर्णय क्षमतामा गिरावट आउने छ । बोलीको प्रभाव भने कायम रहने छ । विश्वास गरेका मित्रहरुबाट धोकाको चुनौति देखिन्छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
लक्ष्यपूर्ण यात्रामा होमिन दृढता आउने छ । आफ्नो पेशागत गतिबिधि परिवारप्रति केन्द्रीत रहने आनिबानी हुने छ । आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा मधुरता एवं नरमपना र शितलता रहने छ । जसले गर्दा मानिसहरुले प्रिय ठान्ने छन् । कमाईमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । शेयर बजार औसत रहने छ ।

तुला
कठिनाईको जोखिमबाट गुज्रनु पर्ने छ । भाग्यको साथ नभएका कारण आँटेका कामहरु अघि बढाउन पुरै तागत लगाउँदा पनि कठिनाईको सामना गर्नु पर्ने छ । धैर्य भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । मनमा खिन्नता रहने हुनाले उत्साह र उमङ्गको कमि देखिने छ । दाम्पत्य जीवनमा भने भरोषा कायम रहने छ । पेशागत जीवनमा औसत रहने छ । अस्पतालजन्य खर्च बढ्न जाने छ ।

वृश्चिक
पेशागत जीवनमा उन्नति प्रगति हुने छ । व्यक्तित्वमा दृढता आउने छ भने मनोबलमा सुधार आउने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । झैझगडाको वातावरणबाट बच्ने प्रयास गरेमा द्वन्दबाट जोगिन सकिने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारीको अवस्था आउने छ । साझेदारीमा  गरिएका कामहरुमा तिक्तताको अवस्था आउने छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

धनु 
जोखिमपूर्ण कार्यमा सहभागि हुन तागत आउने छ । तर निर्णय क्षमतामा भने अन्योलको अवस्था आउने छ । आफन्तजनले आँटेका काममा सहभागी हुनु पर्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा उन्नतिको अवस्था आउने छ । आँटेका कामहरु पुरा हुने छन् । आर्थिक क्षेत्रमा फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
यात्रामा सफलता मिल्ने छ । पेशागत जीवनमा नयाँ जिम्मेबारी प्राप्त हुने छ । तर मनमा अन्योलताको अवस्था कायम रहने छ । आर्थिक अवस्था सन्तोषजनक रहने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । सम्बन्धहरुमा अनायास द्वन्दको अवस्था आउने छ । सवारीसाधन सम्बन्धी विषयमा समस्या निम्तिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कुम्भ 
पेशागत जीवनमा जोखिमपूर्ण अवस्था देखा पर्ने छ । आर्थिक सतुलनमा पनि असन्तुलन पैदा हुँदा तनाव उत्पन्न हुने छ । साय धेरै जोखिम उठाउने भन्दा निरन्तरतालाई जोड दिँदा ठिक हुने देखिन्छ । दाम्पत्य जीवनमा भने एकअर्कामा भरोषा कायम रहने छ । परिवारको सदस्यहरुको पनि साथ रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मीन
पेशागत जीवनमा अस्थिरता आउने छ । बिगतमा लिइएका निर्णयहरुले अहिले शुभ नतिजा  दिन सक्ने छैनन् । नरम खालको व्यक्तित्व बन्ने छ तर अरुले यसलाई कमजोरीका रुपमा बुझ्ने छन् । आम्दानीमा केही बृद्धि हुने छ । बौद्धिक अवस्थामा गिरावट आउने छ । शेयर बजार औसत खालको रहने छ । 

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement