आज (वैशाख २०)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको २० गते बुधबार, वैशाख शुक्लपक्षको त्रयोदशी तिथि । आज विश्व प्रेस स्वतन्त्रता दिवस ।

मेष 
मनमा निराशाका विचारहरु बढि आउने छन् । भाग्यको साथ नरहेकाले काम गर्ने तर पनि अपजस खेप्नु पर्ने परिस्थिति आउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला । समय सतर्क हुनु पर्ने खालको छ ।  शेयर क्षेत्र भने सकारात्मक बन्ने छ । 

Advertisement

वृष
पेशागत जीवनमा उतार चढाव आउने छ । विश्वास गरेकाहरुबाट धोका हुने छ । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने देखिन्छ । चतुरताको अभाव हुने छ । शेयर क्षेत्र संयमित हुनु पर्ने खालको छ । 

मिथुन 
मनमा दुविधाका क्रमहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ । पेशागत पक्ष सकारात्मक नै रहन्छ तर प्रतिष्पर्धीहरुसँग बढि जुध्नु पर्ने छ । अध्ययन अध्यापनमा तिब्रता आउने छ । शेयर बजार सकारात्मक बन्ने छ । 

कर्कट
व्यक्तित्वको प्रभाव बढ्ने छ, त्यसैले कसैले हेप्न सक्ने छैनन् । तर रिस बढि हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । धन सम्पत्तिको अभिबृद्धि हुने छ ।पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । शेयर क्षेत्र सकारात्मक रहने देखिन्छ । 

सिंह
बौद्धिक व्यक्तित्व बन्ने र त्यसबाट मान सम्मान र आदर पाइने छ । व्यक्तित्वमा निखारता देखा पर्ने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

कन्या
दृढ खालेको व्यक्तित्व हुने छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मशिल बन्ने प्रयास गर्नु होला । शेयर बजारमा उत्साही भइहाल्ने समय देखिँदैन् । 

तुला
भाग्यले साथ दिने छ  । पेशागत क्षेत्र सकारात्मक हुने छ । तर बोलीमा भने कटुताको मात्रा बढि हुने भएकाले यस विषयमा ध्यान दिनु होला । पारीवारिक जीवनमा द्वन्दको सामना गर्नु पर्ने छ । ठेक्कापट्टा, निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

वृश्चिक
सकारात्मक विचारहरु मनमा आउने छ । बोली पनि प्रभावकारी हुने छ । प्रभावकारी बोली हुने छ । पेशागत जीवनमा राम्रो नतिजाहरु देखा पर्ने छन् । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । रियलस्टेटसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय अझै प्रतिकुल देखिन्छ । शेयर क्षेत्रले प्रतिफल दिने छैन् । 

धनु 
आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । यसले गर्दा व्यक्तित्वमा कमजोरीहरु देखा पर्ने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् भने रोजगारीमा रहेकाहरुको हकमा समय औसत रहन्छ । शेयर बजार सकारात्मक बन्ने छैन् । 

मकर 
दुविधाले घेरिएको व्यक्तित्व हुने छ । अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोरी भएको महशुस हुने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । साझेदारीमा गरिएका कामले भने शुभ नतिजा दिने छन् । शेयर बजार सकारात्मक देखिन्छ । 

कुम्भ 
आम्दानी बढाउनु पर्दछ भन्ने विचारले गति लिने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । सुख सुविधा भोग गर्दै आएका क्षेत्रहरु गुमाउनु पर्ने छ । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र केही मात्रामा मात्र सकारात्मक बन्ने छ । 

मीन
मनोबलको कमि हुँदा दृढताको अभाव भएको व्यक्तित्व देखिने छ । शारीरिक कमजोरीले पिरोल्ने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । पेशागत जीवनमा संयमित भएर कदम चाल्नु होला । जीवनसाथिको सल्लाहअनुसार काम गरेमा सफलता प्राप्त हुने छ । शेयर क्षेत्र जोखिमपूण रहने छ ।

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement