आज (वैशाख २१)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको २१ गते बिहीबार, वैशाख शुक्लपक्षको चतुर्दशी तिथि । आज नृसिंह जयन्ती ।

मेष 
व्यक्तित्व बोल्ड बन्ने छ । बोलीमा पनि आउने मधुरपनाले व्यक्तित्व खुलाउने छ । आम्दानी तथा लक्ष्यहरु प्राप्त हुने छन् । आम्दानीमा हुने बृद्धिले मान सम्मानमा बृद्धि हुने छ । पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्नेछ । साझेदारीका कामहरुमा बिबाद बढ्ने छ । शेयर बजारमा धेरै उत्साहि हुने समय देखिँदैन् ।

Advertisement

वृष 
प्रभावकारी बोली र नरम व्यक्तित्वले समस्या समाधानमा ठुलो भूमिका खेल्ने छ । र स्वाभावका कारण बादबिादहरु समाधानतर्फ जाने छन् । भाग्यको बलियो साथ रहनाले आँटेका कामहरु पूरा हुने छन् । समय अनुकुल रहने छ । पेशा तथा ब्यापार ब्यवसायमा संघर्षको अवस्था आउन सक्छ । निर्णयहरु गर्दा धैर्यता साथ गर्नु उपयुक्त हुने छ । शेयर बजारबाट अपेक्षाकृत प्रतिफल नआए पनि अशुभ पनि हुने छैन् । 

मिथुन 
साझेदारीमा गरिएका कामबाट फाइदा आउने छ । कर्मको क्षेत्रमा पनि लगनशिलता बढ्ने छ । भित्रि बुद्धिसहित कार्य सम्पादन गर्ने क्षमता बृद्धि हुनेछ । नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्रा हुने छ । शेयर बजार सकारात्मक रहने छ । 

कर्कट
पेशागत जीवनमा प्रगति मिल्ने छ । भाग्यको साथ कम हुने भएकाले कार्य सम्पादनमा भने केही ढिलाई हुन जाने छ । आम्दानीमा बृद्धि हुने तथा चाहेका सपनाहरु पूरा हुनेतर्फ जाने विषयले मनमा सन्तोष हुने छ । वित्तिय अवस्था र पुख्र्यौली सम्पत्तिको परिचालनबाट सुख र शान्ति प्राप्त हुने छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

सिंह
भाग्यको बलियो साथका कारण प्रगति मिल्ने छ । तर आक्रामक शैली र व्यक्तित्व भने नियन्त्रण गर्न ध्यान दिनु पर्ने देखिन्छ । रिस अत्याधिक हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नुहोस् । आम्दानीमा बृद्धि हुने छ तर नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्दा अपेक्षाकृत सफलता प्राप्त हुने छैन् । शेयर बजारमा संयमित रहनु होला । 

कन्या
ब्यक्तित्वमा दृढता आउने छ । बोलीमा कडापन बृद्धि हुन पुग्ने छ जसले धन धान्य तथा सम्पत्ति प्राप्तीमा अबरोध पु¥याउने भएकाले बोलीको नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । मनमा उदासिनता र दुबिधा बढ्ने छ । यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । ब्यापार ब्यवसायमा भने लाभ मिल्ने छ । शेयर बजार अनुकुल रहने छ । 

तुला 
दृढ खाले ब्यक्तित्व बन्ने छ । आँटेका काम सम्पन्न गर्न सक्छु भन्ने साहस र विश्वास आउने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्य चम्किने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकूल रहने छन् । सरसापटी दिँदा वा लिँदा भने निकै विचार गरेर मात्र गर्नु उपयुक्त हुन्छ । औषधि, कपडा, ठेक्का पट्टा, मेडिकल क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । 

वृश्चिक
पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सन्तोषजनक अवस्था रहने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर मनमा भने निराशा छाइरहने छ । पेशागत जीवनमा कदर हुनेछ । आफुले गरेको कामको उपयुक्त मूल्यांकन हुन जाने छ । ब्यापार बिजनेशमा आवद्धहरुको हकमा पनि आर्थिक लाभ हुने देखिएको छ । शेयर क्षेत्र भने प्रतिकुल रहने छ । 

धनु 
भाग्य बलियो भएकाले सुख शान्तिमा बृद्धि हुने छ । घर घडेरी, औषधि, जलविद्युत, सुरक्षा क्षेत्रमा आवद्धहरुलाई सफलता मिल्ने छ । तर बेला बेला आफूलाई भाग्यहिन भएको जस्तो विचार पनि आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् । धन सम्पत्तिमा बृद्धि हुने छ । सामाजिक क्षेत्रसँग आवद्धहरु भने संयमित भएर अघि बढ्दा राम्रो हुने छ । शेयर बजारमा औसत रहने छ । 

मकर 
पेशागत जीवनमा नोक्सानी ब्योहर्नु पर्ने भएकाले धेरै जोखिम भन्दा सन्तुलित कदम नै उपयुक्त रहने छ । मान प्रतिष्ठामा क्षय हुन  जाने छ । मनमा केही विचलनहरु उत्पन्न हुने भएकाले अस्थिरताले ठाउँ पाउने छ । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

कुम्भ 
ब्यापार ब्यवसायमा धेरै जोखिम लिन मिल्ने उर्जा देखिँदैन् । पेशागत जीवनमा अनेकौँ अबरोधहरु उत्पन्न हुने छन् । पारीवारका सदस्यहरुको साथ सहित अघि बढेमा कठिानाइसँग जुध्ने भरपर्दाे तागत प्राप्त हुनेछ । दाम्पत्य जीवन सन्तुलित रहने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

मीन
भाग्य बलियो भएका कारण राखेका लक्ष्यहरु सकारात्मक बन्ने छन् । आम्दानीमा बृद्धि हुने छ । तर मनमा भने एक प्रकारको नकारात्मक विचार आइरहने छ । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा नसोचिएका बादबिबाद तथा अबरोधहरुको सामना गर्नु पर्नेछ । त्यसैले विचार गरेर मात्र निर्णय प्रकृया चाल्नु होला । शेयर क्षेत्र सकारात्मक रहने छ ।

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement