विनियोजन विधेयकबारे छलफल भइरहँदा अर्थमन्त्री नै हिंडेपछि संसदमा विपक्षीको अवरोध

Advertisement

काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री प्रकाशशरण महत हिंडेसँगै विपक्षी दलका साँसदले विरोध गरेपछि संसद अवरुद्ध भएको छ । 

विपक्षीहरुको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामा महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपका थिए । 

Advertisement

बैठकमा आर्थिक बर्ष २०८०–८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकबाट हिंडेपछि बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् । 

बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडी फेरि सुचारु हुनेछ ।’

Advertisement

Advertisement