निक्षेप संकलन र कर्जा लगानी दुबैमा ग्लोबल आइएमई अगाडि, के छ अरुको अवस्था ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंक मध्ये निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ । 

नेपाल बैंकर्स संघले सोमबार प्रकाशित गरेको तथ्याङ्क अनुसार ग्लोबल आइएमईले चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्तसम्म कूल ४ खर्ब २१ अर्ब निक्षेप संकलन गरेको छ । 

Advertisement

निक्षेप संकलनको तथ्याङ्क अनुसार नबिल बैंक दोस्रो र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तेस्रो स्थानमा देखिएका छन् । नबिलले ३ खर्ब ७३ अर्ब निक्षेप संकलन गर्दा नेपाल इन्भेष्टमेण्ट मेगाले ३ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेको छ । 

त्यसैगरी चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ३ खर्ब १३ अर्ब निक्षेप संकलन गर्दा कुमारी बैंकले ३ खर्ब ११ अर्ब निक्षेप संकलन गर्दै पाँचौं स्थानमा देखिएको छ । 

गत आव २०७८/७९ को असार मसान्त यता सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ४७ अर्ब निक्षेप बढाएको छ भने नबिल र नेपाल बैंकले क्रमशः ४४ र ३५ अर्ब निक्षेप बढाएका छन् ।

यता निक्षेप संकलनमा पहिलो स्थानमा रहेको ग्लोबल आइएमई कर्जा लगानीमा पनि पहिलो नम्बरमै देखिएको छ । चालु आवको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार ग्लोबल आइएमईले सबैभन्दा बढी ३ खर्ब ७७ अर्ब कर्जा लगानी गरेको छ । 

त्यसैगरी दोस्रो स्थानमा रहेको नबिलले ३ खर्ब ३४ अर्ब र तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगाले ३ खर्ब २२ अर्ब कर्जा लगानी गरेको छ । त्यसैगरी कुमारी बैंकले २ खर्ब ८७ अर्ब र हिमालयन बैंकले २ खर्ब ४८ अर्ब कर्जा लगानी गरी क्रमशः चौथो र पाँचौं स्थानमा पर्न सफल भएका छन् । 

गत आजको असार मसान्त यता नविल बैंकले सबैभन्दा बढी २५ अर्बले कर्जा बढाउँदा नेपाल एसबीआई बैंकले १३ अर्ब र एनएमबि बैंकले १० अर्ब कर्जा लगानी बढाएको तथ्याङ्कमा उल्लेख छ । 

कुमारी, हिमालयन र प्रभु बैंकले गत आवको असार मसान्त भन्दा निक्षेप घटाएका छन् भने ग्लोबल आइएमई र सनराइज बैंकको कर्जा लगानी घटेको छ ।

कुन बैंकको निक्षेप र कर्जा लगानी कति ? (रु. अर्बमा)  

Advertisement

Advertisement