‘शेयर बजारमा एनआरएनलाई ढोका खोलेर स्वागत गर्नु सकारात्मक पक्ष हो’: रौनियार

Advertisement

काठमाडौं । आगामी आवको बजेटमा केही पनि नकारात्मक कुरा समावेश नभएकाले बजेटको सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरुको अपेक्षा छ । 

शेयर लगानीकर्ताहरु अगुवा छोटेलाल रौनियारले बजेटले लगानीकर्ताहरुको मनोवल उच्च राख्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपालीलाई पनि शेयर बजारसँग जोडेर बजेटले सम्बोधन गरेको भन्दै त्यसको सकारात्मक प्रभाव रहने बताए । 

Advertisement

यस्तो छ रौनियारको भनाईः  
सरकारले लिएको अर्थनीति राम्रो छ । गैर आवसीय नेपालीलाई पनि बजेटले सम्बोधन गरेको छ । यो त निकै राम्रो कुरा हो । 

जलविद्युतलाई पनि यसपालीको बजेटले सम्बोधन गर्यो । अबको बजार भनेको जलविद्युत क्षेत्रका लागि पनि राम्रै देखिएको छ । सरकारले नै जलविद्युतका आयोजना सुधार गर्दै यसमा लगानीकर्ताहरु जोड्न सकेमा नेपाली जलविद्युत क्षेत्रले फट्को मार्ने थियो । हामी सबैको अपेक्षा पनि त्यही त हो ।  

अब चाँडै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमण गर्ने भन्नु भएको छ । यही बेलामा बंगलादेश पनि नेपालको जलविद्युतमा सघाउन तयार रहेको हामीले देखिरहेका छौं । यसले के देखिन्छ भने आयात प्रतिस्थापनमा बजेटले सघाउने नै छ ।

लगानीकर्ताहरुले लगानी गर्न चाहेको ठाउँमा जहिले पनि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र सरकारको नीति खुकुलो हुनपर्छ भन्ने हाम्रो पनि चाहना हो । 

एनआरएनलाई अहिलेसम्म लगानी गर्न झ्याल मात्रै देखाइएको थियो । यसपाली भने सरकारले ढोका नै खोल्देको हामीलाई पनि सहशुस भएको छ । झ्यालबाट मान्छे छिर्न सक्दैन, ठूलो ढोका बनाएर, त्यसलाई खोलेर स्वागत गर्नु पर्छ । अब चाँही सरकारले त्यस्तै नीति लिन खोजेको होला जस्तो हामीलाई लागेको छ । 
 

Advertisement

Advertisement