विद्युतीय गाडीमा कर घट्यो, एसेम्बल र तयारी गाडीमा एकै भन्सार दर

Advertisement

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातमा भन्सार महसुल घटाएको छ । विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्न बजेटमार्फत भन्सार महसुल घटाइएको हो। 

भन्सार शीर्षक नम्बर ८७०३८०५१ मा आयात हुने अनएसेम्बल (पार्टपुर्जा) ५० किलोवाटदेखि १० किलोवाटसम्मको गाडी आयातमा ५ प्रतिशत भन्सार दर बढाइएको छ।

Advertisement

तर भन्सार शीर्षक नम्बर ८७०३८०५९ मा आयात हुने तयारी गाडी सोही क्षमताको गाडीमा पनि १५ प्रतिशत भन्सार महशुल र १५ प्रतिशत अन्य शुल्क कायम गरिएको छ । 

जसमा सरकारले १५–१५ प्रतिशतको दरले भन्सार महसुल र अन्य शुल्क घटाएको छ । यसअघि तयारी गाडीको आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो ।

यसैगरी, एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मको गाडी आयातमा १० प्रतिशत भन्सार महसुल छुट दिइएको छ। यो शीर्षकमा पनि एसेम्बल र अनएसेम्बलको महसुल समान कायम गरिएको छ । भोलिदेखि यो शीर्षकमा आउने गाडीमा २०–२० प्रतिशत भन्सार महसुल र अन्य शुल्क लाग्नेछ । यसअघि यो शीर्षकमा अनएसेम्बल अवस्थाका ३० र तयारी गाडीमा ४५ प्रतिशत कर लाग्दै आएको थियो। 

यस्तै, दुई सयदेखि तीन सय किलोवाट क्षमताको गाडीमा पनि महसुल तयारी गाडीतर्फ घटाइएको छ, जसमा तयारी गाडी आयातमा ६० प्रतिशत कर लाग्दै आएकोमा ४० प्रतिशत कायम गरिएको छ । 

Advertisement

Advertisement