सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन जन बेपत्ता, चालक भने सकुशल

Advertisement

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको लौकुनमा जीप सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको हो । जीप काठमाडौ‌बाट खोटाङतर्फ जाँदै थियो ।

Advertisement

जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी भने नदीबाट पौडिएर निस्कन सफल भएको जनाइएको छ । 

वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ का वर्ष ५७ का सहसचिव कृष्णबहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ का सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६–५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०–३२ का भानु पौडेल रहेका छन् । 

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement