ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य

Advertisement

काठमाडौं । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुर्याउन भन्दै ओएसआर डिजिटल र डिशहोमबीच सहकार्यका लागि सम्झौता भएको छ ।  

सम्झौतामार्फत ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रवर्द्धन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका कन्टेन्टहरु अब डिशहोमको पे पर भ्यु र च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

Advertisement

यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्ट्सको मज्जा लिन सक्ने डिशहोमको भनाई छ । यसले नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने उसको विश्वास छ । 
 

Advertisement

Advertisement