शेयरबाट ४० लाख कमाउनेले आय विवरण बुझाउनै पर्ने, अर्थले तयार गर्यो सूचि (पत्रसहित)

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लगानीकर्ता (करदाता)को विवरण तयार गरेको छ । मन्त्रालयले शेयर बजार, घरजग्गा, लगायतको अन्य आम्दानीबाट ४० लाख रुपियाँभन्दा बढी कमाउने लगानीकर्तालाई अनिवार्य विवरण बुझाउन भनेको हो ।

आन्तरिक राजस्व विभागले कर कार्यालयहरुलाई पत्राचार गर्दै ४० लाख रुपियाँभन्दा बढी नाफा कमाउने करदाताको विवरण तयार गर्न भनेको छ । यस्तो विवरणमा आयकरको ‘स्ल्याब’ अनुसार कर नतिरेको भेटिएकोले करको दायरामा ल्याउन लागिएको हो ।

Advertisement

विभागको पत्रमा ‘आईटीएस’ प्रणाली सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख रुपियाँभन्दा बढी आय भएको तर डे४ विवरण पेश नगरे पहिचान गर्न भनिएको छ ।

विवरण ट्रयाकिङ गर्न आईटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म ई–टीडीएस एभो ४० लाख रुपियाँ समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था छ । सो प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकर छली गरिएको भेटिएको विभागको जिकिर छ । राजश्व संकलन घटेकाले बढाउन सरकार र कर प्रशासन निर्मम बनेको बेला विभागले यस्ता विवरण तयार गरी पठाउन समेत भनेको छ । 

 

Advertisement

Advertisement