नौ अग्ला हिमाल ४५ दिनमा आरोहण गरेका हरिला र तेन्जेन किन जाँदैछन् पाकिस्तान ?

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये नौ वटा ४५ दिनमा आरोहण गरेका छन् । 

आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टिन र तेन्जेनले तीमध्ये ९ वटा आरोहण गरेका हुन् । उनीहरुले सेभेन समिट ट्रेक्स नामक एक्स्पडिशन कम्पनीमार्फत आरोहण गरेका हुन् । 

Advertisement

क्रिस्टिनले यसअघि विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् । 

क्रिस्टिन र शेर्पा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । पुर्जाले सात महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान रेकर्ड बनाएका थिए । 

क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा हिमालको सफल आरोहण गरेकी छन् । अब पाकिस्तानमा रहेको केटु, नङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिकको आरोहण गर्न बाँकी छ । आरोहण गर्न बाँकी रहेको र ती हिमालहरु आरोहण गर्न पाकिस्तान गर्ने तयारीमा रहेका क्रिस्टिनको शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको छाटो कुराकानीः

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राख्नुभयो । कुन हिमालबाट आरोहण सुरु गर्नुभयो ?
हामीले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्यसहित हामीले चीन तर्फबाट शिशपाङ्मा र चो ओयु हिमालको सफल आरोहण गरी सुरु गरेका हौं । त्यसपछि नेपालमा रहेको मकालु, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, धौलागिरी, अन्नपूर्ण र मनास्लुको आरोहण गयौं, त्यो पनि ४५ दिनभित्र । टिम पनि राम्रो थियो । त्यसैले पनि हामीले ४५ दिनमा ९ वटा हिमालहरुको आरोहण गर्न सफल भयौं । 

अब कति वटा हिमाल बाँकी छ आरोहण गर्न ? कहिले आरोहण गर्ने योजनामा हुनुहुन्छ ?
अब पाँच वटा बाँकी छ, १४ पिक पूरा गर्न । बाँकी पाँच वटा हिमालहरु यही जुनको १६–१७ तारिख पाकिस्तानतर्फ जाने कुरा छ । अबको आरोहणमा म र क्रिस्टिन हरिलासँग शेर्पा गाइड मिङ्तेम्बा शेर्पा पनि हामीसँग जोडिने छन् । म र मिङ्तेम्बा शेर्पा दुई जनाले नै क्रिस्टिन हरिलालाई बाँकी रहेका पाँच वटा हिमाल आरोहणमा गाइड गराउने छौं । उनले सन् २०१५ देखि हिमाल आरोहण सुरु गरेका हुन् । मिङ्तेम्बाले सगरमाथा पाँच पटक, अन्नपूर्ण एक पटक, कञ्चनजंगा एक पटक, मनास्लु पाँच पटक, मकालु एक पटक, केटु दुई पटक, ब्रड् पिक एक पटक आरोहण गरिसकेका छन् । 

तपाईंले हालसम्म कति वटा हिमालहरु आरोहण गर्नुभयो ?
म संखुवासभा मकालु गाउँपालिकाको वासिन्दा हो । विगत छ वर्षदेखि हिमाल आरोहणमा संलग्न छु । मैले धौलागिरी हिमालबाट आफ्नो हिमाल आरोहण सुरु गरेका थिए । अहिलेसम्म मैले सगरमाथा चार पटक, ल्होत्से चार पटक, धौलागिरी चार पटक, मकालु तीन पटक, नङ्गा पर्वत एक पटक, मनास्लुको मुख्य चुचुरोमा पुगेको एक बर्षमा तीन पटक, कञ्चनजङ्घा दुई पटक, नङ्गा पर्वत एक पटक आरोहण गरिसकेको छु । केटु, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिकको चाहिं आरोहण गरेको छैन् । त्यस्तै, स–साना पिकहरु आइलेड, लोबुचे, मेरा लगायतका पिकहरु चढिसके । 

हिमाल आरोहण गर्नुअघि के गर्नुहुन्थ्यो ?
पन्द्र वर्षको हुँदा गाउँमा भैंसी चराउने काम गर्थें । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पा दाईले मलाई गाउँबाट शहर ल्याउनु भयो । उहाँले नै गर्दा म यस ठाउँमा आइपुगे र यतिको गर्न सकें । मैले कहिले पनि हिमालमा काम गर्छु भनेर सोचेको पनि थिएन । मिङमा दाई भगवान जस्तो लाग्छ । उनले मलाई काठमाडौंमा लिएर नआको भए म त्यही गाउँ मै हुन्थ्यो । यो कहिले पनि नसोचेको कुरा हो मेरो लागि । किनभने मेरो पढाइ छैन् । तर उनको कारण म अहिले यस ठाउँमा पुगे र राम्रो पनि गरिरहेको छ । 

विवाह गर्नुभएको छ ? बालबच्चा कति छन् ?
विवाहित हु । घरमा श्रमती र दुई वटा बच्चा पनि छ । एक जना १३ र अर्को १५ वर्षको छ ।

क्रिस्टिन हरिलासँग र उनको प्रोजेक्टमा उनलाई गाइड गरेर आरोहण गर्दा कस्तो रहयो अनुभव ?
क्रिस्टिन हरिला दिदी एक्दम मेहनती हुनुहुन्छ । त्यसैले पनि हामीले छोटो समयमा नौ वटा हिमाल ४५ दिनमा सफल आरोहण गयौं ।

सरकारले आरोही, माउन्टेन गाइडहरुको लागि के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ? 
हिमाल आरोहणमा काम गर्ने हामीसँग साथीहरु हिंडिरेहको, कोहीको मृत्यु भइरहेको छ । कसैको हात खुट्टा हिउँले खाइरहेको छ । त्यस्तोलाई पनि सरकारको तर्फबाट केही पनि गरेको छैन् । सरकारले कम्तिमा महिनामा १५–२० हजार पैसा मात्रै दिइयो भने उनीहरुको बाँकी जीवन जीउन सहज हुन्छ । यसले अब आउने युवा पुस्ताहरुमा पनि हिमाल आरोहणमा काम गर्न र आकर्षित गर्न मद्दत पुग्छ । हिमालमा साथीहरुको मृत्यु भइरहेको छ र उनीहरुको बच्चाहरुको बिजोग भइरहेको छ । मृत्यु भएको परिवारलाई महिनामा कम्तिमा १५–२० हजार पैसा दियो भन्ने उनीहरुलाई ठूलो राहत मिल्ने छ । हिमालमा ज्यान गुमाएका बच्चाहरुले चाहेसम्मको सरकारको तर्फबाट पढाउने वातावरण बनाइ दियो भने धेरै राम्रो हुन्छ । परिवारमा कमाउने मान्छे नै नभएपछि परिवारमा धेरै गाह्रो र दुःख हुन्छ । 

नर्वेकी आरोही क्रिस्टिन हरिलाको अर्को नेपाली शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले तेन्जेन (लामा) शेर्पा र आफूले निकै जटिल र जोखिमपूर्ण मानिने विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) विन्टर एक्सपडिशन् (हिउँद मौसमको आरोहण) एक विदेशी र छ जना शेर्पा आरोहीहरुले सफलतापूर्वक आरोहण गरेको बताए । 

पुन पाकिस्तानमा रहेका पाँच वटा हिमाल सँगै आरोहण गर्ने कुराले आफूलाई निकै खुःसी लागेको र सफल हुन्छु भन्ने लागेको उनले सुनाए । मिङ्तेम्बाले भने, ‘म चाहिं उनीहरुको यो प्रोजेक्टमा समावेश हुन् पाउँदा निकै खुःसी छु । तेन्जेन शेर्पा र म बाल्यकालदेखिको साथीसँगै मिल्ने साथी पनि हौं । हामीले गएको विन्टर सिजनमा सँगै मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेको हौं ।’

उनले थपे, ‘पाकिस्तानमा रहेका हिमाल आरोहण गर्न जान उहाँले मलाई नै रोज्यो । किनभने हिमालमा आफूसँग मिल्ने साथी चाहियो । मिल्ने बाहेक अरुसँग जाँदा अल्ली असहज हुन्छ । मलाई लाग्छ हामी सफल हुन्छौं ।’

Advertisement

Advertisement