कोरोनाकालमा जस्तो सुबिधा दिन सकिंदैन, मौद्रिक नीतिबाट धेरै आशा नगर्नूः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कोरोनाकालमा दिएको जस्तै सुबिधा दिन नसकिने बताएका छन् । 

नेपाल ब्यवस्थापन संघ (एमएएन) ले आज राजधानीमा आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले बैंकर र व्यवसायीलाई संकेत गर्दै भने–आगाम मौद्रिक नीतिबाट धेरै आशा नगनू ।’

Advertisement

बजेटले लिएको आर्थिक वृद्धिलाई पूरा गर्ने हिसावले मौद्रिक नीति आउने बताए । बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले राम्रो नतिजा देखाएको उनको भनाई थियो । राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाहदैन, उनले भने । 

कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेपको ब्याज एकल अंकमा झार्न सुझाव दिए । यता पूर्वगभर्नर तिलक रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेकोमा जोड दिएका थिए ।  

Advertisement

Advertisement