यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमलको हो भनेर घोषणा गरौंः गैरे

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् । 

सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याई वितरण गर्ने उद्देश्यले ल्याएको आरोप लगाएका हुन् । 

Advertisement

गैरेले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभई शक्ति र पहँुचको आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए । उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको बताए । 

गैरेले एउटा जिल्लामा एउटा ठूला सडक बन्न आवश्यक रहेको बताए । उनले असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गरे । असन्तुलन बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी पनि गैरेले गरे । उनले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताए । 

गैरेले भने, ‘सरकारले एउटा निर्वाचन क्षेत्रमा मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा एउटा जिल्ला जुन जिल्लामा संघीय सडक स्ट्यार्डरको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नै छैन । यही हाम्रो देशको अवस्था यही हो । अहिले एउटा जिल्लामा एउटा संघीय सडक बन्न आवश्यकता छ । यो खालको चेतना बाकेर बस्छौं भने सरकारले गर्न खोेजेको के हो ? यो खालको असन्तुलनले देश विकास हुनसक्छ । मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न सक्दैनौं ।’ 

उनले थपे, ‘सरकारका मन्त्रीहरु कम्तिमा एउटा जिल्लामा २५ प्रतिशतसम्म बजेट सन्तुलन कामय गरौं भनेर उभिन सक्नुपर्छ । अहिलेको बजेटमा व्यवस्था गरेको असन्तुलन बजेटको चार्ड देखाएर संसदमा उपस्थित हुने अनुहार देखाउन । अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनुस् । नेपाल राष्ट्र किन भन्ने । चार जना मन्त्रीको देश भनेर भनौं । यस्तो खालको असन्तुलनबाट देश अघि बढ्न सक्दैन । सरकारको नियत नै देश विकासको भएन । मन्त्रीहरु देश बनाउने नियत राखेर बजेट बनाउने ठाउँमा उपस्थित हुनुपर्छ । यो वर्षको बजेट निर्माण,बजेट छनोटमा नियत देशविकासको देखिन । नियत खराब बनाएर बजेट आएको छ ।’

गैरेले अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनुपर्ने खालको देखिएको बताए । उनले नेपाल राष्ट्र भन्दा पनि चार जना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने बताए । गैरेले सरकारले बजेट निर्माण,बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको बताए ।

Advertisement

Advertisement