विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पा केटु हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने भएकी छन् । उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । 

केटु हिमालको आरोहण गर्न पाकिस्तान पुगेकी शेर्पा .सोमबार केटु आधार शिविर तर्फ प्रस्थान गरेकी ‘एट–के’ एक्सपेडिसन कम्पनीका सञ्चालक पेम्बा शेर्पाले जानकारी दिए । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले ‘एट–के’ एक्सपेडिसन कम्पनीमार्फत केटु हिमालको आरोहण गर्न लागेकी हुन् ।

Advertisement

उनले नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, जुनै काम गर्न सक्छन् भन्ने सन्देश दिन हिमाल आरोहण गर्न लागेको यसअघि सगरमाथाको आरोहण गर्नुअघि बताइकी थिइन् । 

शेपाले भनेकी थिइन, ‘म युवायुवती र महिलालाई प्रेरित गर्न चाहन्छु र नेपाली महिलाहरु मेहनती छन् र आफूले चाहे जे पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहान्छु ।’ लाक्पाले कीर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र कीर्तिमानी आरोही एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुगेकी थिइन् । 

नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल सङ्खुवासभा मकालुकी शेर्पाले सगरमाथाको सफल आरोहण गरी धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडिन सफल छिन् ।

उनले यसअघि दुई पटक नेपालतर्फबाट र आठ पटक तिब्बततर्फबाट सगरमाथाको आरोहण गरिसकेकी छन् । 

Advertisement

Advertisement