राष्ट्रिय राजमार्गलाई पाँच लाख मात्रै बजेट मैले होइन्, प्रकाशशरण महतले छुट्टाएका हुन्

द्रुतमार्ग सक्न अझै चार बर्ष लाग्ने, आयोजनाको लागत बढ्ने मन्त्री ज्वालाद्धारा स्वीकार

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताएका छन् । 

सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य सम्पन्न गर्न अझै चार बर्ष लाग्ने बताएका हुन् । २०७४ सालमा सुरु भएको यो आयोजना चार बर्षभित्र सम्पन्न गर्ने भनिए पनि अपेक्षाकृत काम हुन सकेको छैन् । 

Advertisement

मन्त्री ज्वालाले प्रधानमन्त्रीसहित दु्रतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताए । उनले समयमा नै काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिए पनि विभिन्न कारणले ढिला भएको बताए । 

ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको बताए । उनले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताए । उनले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनासायले योजना छनोट नगरेको बताए । उनले मन्त्रालयले विभेदपूर्ण रुपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताए । 

ज्वालाले भने, ‘फास्ट ट्रयाकको लागत र समय बढेको छ । तर अब सरकारले समय निर्धारण गरेको छ । वि.स.२०८३ भित्र महँगो नै भएपनि निर्माण गर्ने योजना बनाएका छौं । छिटो होला भनेर सरकारले नेपाली सेनालाई दिएको हो। अहिले विभिन्न कारणले ढिलो भएपनि अहिले काम तिब्र रुपमा अघि बढेको छ । अब २०८३ भित्र सम्पन्न हुन्छ । ’

उनले ठूला सडकहरुमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताए । ज्वालाले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको बताए । 

Advertisement

Advertisement