कर्पाेरेट राशिफलः आज (असार ५) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको ५ गते मंगलबार, आषाढ शुक्लपक्षको द्वितीया तिथि । आज शरणार्थी दिवस रहेको छ । 

मेष 
चलाख खालको व्यक्तित्व हुने छ । बोलीको प्रभाव पनि बढ्ने छ । तर पारीवारिक जीवनमा देखिने द्वन्दले मानसिक दबाब सृजना गर्ने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा ह्रास ल्याउने छ । पेशागत जीवन भने स्थिर रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । शेयर कारोबारबाट फाइदा हुने छ । 

Advertisement

वृष
सुख सुविधाका साधन प्रयोग गर्ने अवसर मिल्ने छ । शौखिन व्यक्तित्व हुने छ । यात्रामा रमाइलो हुने छ । रिस धेरै हुँदा झैझगडाको वातावरण सृजित हुने चुनौति छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । व्यावसाय जगतमा रहेकाहरुमा पनि फाइदादायी समय रहेको छ । शेयर बजारमा फाइदा मिल्ने छ ।

मिथुन 
आत्माबल बलियो हुने हुँदा दृढ व्यक्तित्व देखिने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु पुरा हुन निकै मद्दत मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यावसायमा संलग्नहरुलाई पनि पनि फाइदा मिल्ने छ । परिवारमा भने सदस्यहरु बीच द्वन्द देखा पर्ने छ । शेयर बजार केही सकारात्मक बन्न पुग्ने छ । 

कर्कट
आफैलाइ मनोबलको कमि महशुस हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने देखिन्छ । पेशागत जीवनमा अवरोधहरु धेरै देखिने छ । भाग्यको साथ नभएकाले कार्य बिलम्ब हुने छ । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । 

सिंह
औसत समय सक्रिय छ । त्यसैले धेरै उत्साही र धेरै नैराश्य नबनि अघि बढ्दा राम्रो । घर घडेरी तथा गाडि बाहन बेच्नु पर्ने वा नोक्सानी हुने समय रहेकाले संयमित रहनु नै बेश हुने छ । पेशागत क्षेत्रमा विभिन्न उचारचढावको सामना गर्नु पर्ने भएकाले धेरै जोखिपूर्ण कदम नचाल्दा बेश हुने छ । शेयर बजार औसत रहने छ । 

कन्या
मनमा दुविधाका क्रम धेरै आउने छ । आम्दानी नोक्सानी हुने देखिएकाले वा खर्चहरु बढ्न पुग्ने समय सक्रिय रहेकाले विचार पु¥याउनु होला । बोलीको प्रभाव कायम रहँदा कठिन अवस्था व्यवस्थापन गर्न सकिने छ । भाग्य बलियो रहेका कारण पेशागत जीवन स्थिर रहने छ । आम्दानी मध्यम रहने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

तुला
पेशागत जीवनबाट ला मिल्ने छ । आर्थिक बृद्धिका संकेतहरु आउने छन् । जोखिमपूर्ण कदमहरु चाल्न मन लाग्ने छ । दाम्पत्य जीवनको मधुर साथका कारण निकै मद्दत मिल्ने छ । भोज भतेरमा सहभागि हुन पाइने छ । पुराना साथिहरुसँगको मधुर मिलन हुँदा रसिकता छाउने छ । शेयर बजारबाट औसत लाभ मिल्ने छ । 

वृश्चिक
भाग्य बलियो छ । तर पेशागत जीवनमा गम्भीर खालका निर्णयहरु लिँदा होस पु¥याउनु होला । घमण्डि स्वाभावका कारण बोलीको प्रभाव घट्न पुग्ने छ । छिट्टै मनमा निराशाले सताउने छ । परिवारमा मधुरता कायम रहने छ । शेयर क्षेत्रमा न लाभ न घाटाको अवस्था हुने छ । 

धनु 
शारीरिक कमजोरीले सताउने छ । मनोबलमा कमि आउने छ । विद्या आर्जनमा अवरोधहरु उत्पन्न हुन पुग्ने छन् । जीवनसाथिको साथ र सल्लाहमा अघि बढेमा केही राहत अवश्य मिल्ने छ । धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा गरिरहेका कामलाई अघि बढाउनु राम्रो । साझेदारीमा गरिएका कामहरुबाट भने शुभ परिणामहरु प्राप्त हुने छन् । शेयर नाफदायी बन्ने देखिँदैन् । 

मकर 
मनमा निराशाका मात्रा असाध्यै धेरै बढ्न पुग्ने छ । अनिन्द्राले सताउने छ । दुविधाले सताउने छ भने चिसो र पानीबाट पनि बच्ने प्रयास गर्नु होला । बाहिरबाट हेर्दा आँटिलो खालको व्यक्तित्व भने बन्ने छ । यसका साथै रिस नियन्त्रणमा ध्यान नदिए उक्त क्षमता झैझगडामा रुपान्तरित बन्न पुग्ने देखिएकाले संयमित रहनु होला । पेशागत जीवन स्थिर रहने छ । शेयर क्षेत्र औसत अवस्थाको रहने छ ।

कुम्भ 
विदेश यात्राको अवसर आउने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुन पुग्ने छ तर प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिले पनि धेरै आडभरोसा प्रदान गर्ने छ । बाहनका विषयमा विभिन्न समस्या तथा बेच्नु पर्ने जस्तो अवस्था आउने छ । पेशागत र व्यावसायिक जीवनमा जोखिम भन्दा यथावस्थालाई निरन्तता उपयुक्त होला । शेयर बजार फाइदादायक रहने छ । 

मीन
मनमा दुविधाहरु धेरै देखा पर्दा निर्णय हिनताको अवस्था आउने छ । तर बोली प्रभावकारी रहिरहँदा यसले निकै मद्दत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ भने आम्दानीमा झिनो बृद्धि देखा पर्ने छ । पेशागत क्षेत्र विश्वास गरेका मित्रहरुबाट धोका हुने चुनौति रहने छ । स्वास्थ्यमा समस्या आउने छ । शेयर बजार फाइदादायी रहने देखिँदैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement