कर्पाेरेट राशिफलः आज (असार ६) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको ६ गते बुधबार, आषाढ शुक्लपक्षको तृतीया तिथि ।

मेष 
पेशागत जीवनमा धेरै जाखिम नलिँदा राम्रो । दृढ खालको व्यक्तित्व हुने हुँदा परिस्थिति सँहाल्न आँट कमजोर भने हुने छैन् । अरुले घमण्डि खालको व्यक्तित्व भएको भनि आलोचना गर्ने चुनौति भने रहने छ । जीवनसाथिको साथले गर्दा कठिनाईसँग जुध्न मद्धत पुग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

Advertisement

वृष
सामान्यतया शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि कतिपय अवस्थामा अनपेक्षित रिस आउने छ । यसले आफैलाई हानि गर्ने छ । आम्दानीमा भने हल्का बृद्धि हुने छ । तर पेशागत जीवनमा अस्थिरताको क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रहरुमा मन तिब्रतम हिसावले मन जाने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

मिथुन 
आम्दानीमा बढोत्तरी हुने छ । पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । तर बोलीमा आउने कठोरपनाले आफैलाई हानि गर्ने भएकाले सतर्क रहनु नै वेश हुने छ । मनमा नकारात्मक विचारका क्रम देखा पर्ने र सकारात्मक दृष्टिकोणमा कमि आउन जाँदा जीवन र जगतप्रति गलत धारणा आउने छ । शेयर क्षेत्रबाट फाइदा हुने छैन् । 

कर्कट
विदेश यात्राका विषयमा प्रगति हुने छ । पेशा प्रतिको केन्द्रीत हुने मेहनति बानीमा तिब्रता आउँदा त्यसको कदर पनि मिल्ने छ । पेशागत क्षेत्र सकारात्मक रहने छ भने जसबाट लाभ मिल्ने छ । दाम्पत्य जीवनमा खुशियाली आउने हुँदा दाम्पत्य जीवन उमङ्गले भरिएको हुने छ । यात्रामा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

सिंह
प्रतिष्पर्धात्मक क्षमता बृद्धि हुने छ भने आफ्नो लक्ष्यप्रति अघि बढ्न निरन्तर उर्जा प्राप्त भइरहने छ । जीवनसाथिको साथले सकारात्मक बाटोमा लम्कन उर्जा मिल्ने छ । पेशागत जीवनमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा आउने छैन् । शेयर क्षेत्र मध्म रहने छ । 

कन्या
आम्दानीमा बृद्धि हुने छ । लिएका लक्ष्यहरु प्राप्त हुने छन् । प्रेममा सफलता मिल्ने छ । पेशागत जीवनमा भने केही अवरोधहरु सृजना हुने भएकाले संयमित रहनु होला । मनमा एक प्रकारको दिक्दारीले सताइ रहने छ । भाग्यको साथ कम रहेकाले कार्यसफलतामा कमि आउने भए पनि निरन्तर प्रयास गर्न भने मन लागि रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

तुला
अस्थिर खालको व्यक्तित्व हुने छ । पेशागत क्षेत्र औसत खालको हुने छ । परिवारप्रति समर्पित भई काम गर्न मन लाग्ने हुँदा परिवारको माया पनि पाइने छ । आफ्नो लक्ष्यप्रति होमिने स्वाभावको व्यक्तित्व हुने हुँदा कार्यसफलता प्राप्त हुन जाने छ । बोली सितल खालको हुने भएकाले अरुको मन जित्न सकिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

वृश्चिक
आँटिलोपनामा गिरावट आउने छ । मनोबलमा कमि आउँदा केही गर्न सक्छु भन्ने विचारमा कमि आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने भएकाले सतर्क रही कदम चाल्नु होला । मनमा दुविधाका क्रम पनि बढ्ने हुँदा निर्णय क्षमामा देखिने छ । परिवारका सदस्यहरुले भरोसा गर्ने छन् भने सहयोग गर्ने छन् । शेयर बजारबाट लाभ हुने छैन् । 

धनु
बौद्धिकतामा बृद्धि हुने छ । चतुर र चलाख खालको व्यक्तित्व हुने छ । आफैले आँटेका काम अघि बढाउने क्रममा हुने आलोचनाले मनमा खिन्नताको क्रम ल्याइ दिँदा कताकता अन्योल देखिन जाने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुसँग जुधेर अघि बढ्नु पर्ने समय रहेकाले निडर भएर कदम चाल्नु नै उपयुक्त हुने छ । शेयर क्षेत्रबाट फाइदा हुने छैन् । 

मकर 
निडर खालको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुन जाने छ । बोलीको प्रभाव बढ्ने भएकाले समाजका गन्यमान्य व्यक्तिहरुले विश्वास गर्ने छन् । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने भएकाले धैर्य भएर कदमहरु चाल्नु होला । शेयर क्षेत्रबाट फाइदा हुने छैन् । 

कुम्भ 
पेशागत जीवनमा राम्रो प्रगति हुने छ । थप जिम्मेबारी प्राप्त हुने छ ।बोलीको सकारात्मक प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । रिसको मात्रा भने धेरै हुने भएकाले यस विषयमा सतर्क रहनु नै उत्तम रहने छ । दुविधाले मनमा धेरै प्रभाव पार्ने हुँदा निर्णय लिन कठिनाई हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

मीन
बोलीमा आउने मिठासपनाले मानिसहरुको विश्वास आर्जन गर्न सकिने छ । व्यवस्थापकीय क्षमता सवल रहने छ । चतुरखालको व्यक्तित्व हुने हुँदा आफूलाई फाइदा हुने विषयमा निर्णय लिन सक्ने व्यक्तित्व हुने छ । वित्तिय अवस्थामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तानातानको वातावरण देखिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement