निमा रिन्जी शेर्पाले गरे नङ्गा पर्वत हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर)को सफल आरोहण गरेका छन् । शेर्पा नङ्गा पर्वत हिमाल आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही बनेका छन् । 

उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० घण्टाभित्र सफल आरोहण गरेका थिए । शेर्पाले आज (सोमबार) पाकिस्तानको स्थानीय समयअनुसार बिहान ७ः१५ मिनेटमा नंगा पर्वत हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । 

Advertisement

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने उनको लक्ष्य रहेको छ । शेर्पाले यसअघि मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से र नङ्गा पर्वत गरी पाँच वटा हिमालहरुको सफल आरोहण गरी सकेका छन् । 

उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका हुन् । त्यस्तै, शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका थिए ।

Advertisement

Advertisement