नेपाललाई प्याजमा आत्मनिर्भर बनाउन भ्याट लगाएको हुँः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसैका लागि भ्याट (मूल्य अभिवृद्धि कर) लगाएको दावी गरेका छन् ।  
बुधवार संसदमा बोल्दै उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि भ्याटको व्यवस्था गरिएको बताए । महतले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए । 

मन्त्री महतले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताए । उनले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए । महतले गोल्भेडा नेपालमा उत्पादन हुँदाहुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताए । 

Advertisement

उनले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए । उनले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताए । महतले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गरे । 

अर्थमन्त्री महतले सुर्तिजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा तीन प्रतिशत कर थप गरेको बताए । उनले सुर्तिजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भए पनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताए । महतले सरकारलाई सुर्तिजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताए । 

उनले नेपालको सुर्तिजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वामा नै बढी रहेको जानकारी दिए । मन्त्री महतले ४० लाख रुपियाँको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गरे । उनले पाँच चारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताए । 

महतले १० लाख भन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताए । उनले नेपालमा भ्याट लागू भएसँगै राजश्वको दायरा बढेको बताए । महतले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताए । महतले भ्याटले करको कुरा मात्रै नगरेको पनि बताए । 

Advertisement