मौद्रिक नीति कसिलो भयो, अब लचिलो आओसः मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कसिलो भएको भन्दै अब लचिलो नीति ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । 

आगामी मौद्रिक नीतिबारे निजी क्षेत्रका तीन प्रमुख संस्थाहरुले संयुक्तरुपमा राष्ट्र बैंकलाई सुझाव दिने क्रममा बिहीबार उनले मौद्रिक नीतिमा कडाई गर्दा समग्र अर्थतन्त्रमा प्रभाव परेको बताएका हुन् । 

Advertisement

मल्ले कर्जा प्रवाहमा आधार दरमा लिने प्रिमियम अधिकतम ब्याजदर दुई प्रतिशत कायम गर्न आग्रह गर्दै सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिनुपर्ने बताए । कर्जा लिँदा जोखिम डेढ सय प्रतिशत पुग्यो, यसलाई सय प्रतिशतमै फर्काउनुपर्छ भन्दै उनले कर्जाको धितोको मूल्याङ्कन ३० प्रतिशत काठमाडौं उपत्यकामा र बाहिर ५० प्रतिशत कायम गरिनुपर्ने बताए । 

मल्लले उधारो कारोबारलाई निरुत्साहित गर्नु जरुरी रहेको बताए । उनले उधारो कारोबारले गर्दा पनि व्यवसायीहरुको लागत र जोखिम बढेको बताउँदै कानुनी व्यवस्था गरेर नै उधारो कारोबारमा कडाई गर्न आवश्यक रहेको बताए । 

व्यवसायी मल्लले अर्थतन्त्र चलायमानको लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण रहेको बताउँदै अधिकतम् २ प्रतिशतभन्दा ननाघिकन प्रिमियम लिने व्यवस्था गर्न माग गरे । उनले अहिले अर्थतन्त्र संकुचन बनेको मुख्य कारण घरजग्गा तथा शेयर कारोबार गर्दा धितोमा राखेर ऋण लिने जोखिम रहेको बताए । 

मल्लले भने, ‘अर्थतन्त्र चलायमानको लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण जस्तो हामीले महशुस गरिरहेका छाँै । न्युनतममा जसले जे सकोस् लिओस् तर अधिकतम् २ प्रतिशतभन्दा ननाघिकन एउटा प्रिमियम लिने व्यवस्था गर्नुपर्छ । यो बजारमा तुरुन्तै साना, मझौला, ठूलालाई सहयोग पुग्छ । २ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ । निर्यात प्रवद्र्धन गर्नुपर्ने अवस्था आएको छ । अहिले अर्थतन्त्र संकुचन बनेको मुख्य कारण भनेको घरजग्गा तथा शेयर कारोबार गर्दा जुन धितोमा राखेर लोन लिन्छौँ, त्यो रिक्स लिेन क्षमतालाई विगतमा सय प्रतिशत थियो भने अहिले १५० प्रतिशत पुगेको छ । त्यसलाई विगतकै अवस्थामा फर्काउन सके अर्थतन्त्र तत्काल नै चलायमान हुन्छ ।’

Advertisement

Advertisement