अब हिमाल आरोहणका क्रममा मृत्यु हुने आरोहीको शब छोडेर आउन नपाइने

Advertisement

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीहरुको शब अब आरोहण कम्पनीहरुले फिर्ता लिएर आउनुपर्ने भएको छ । हिमालहरुमा मानिसहरुको शब बढेपछि सरकारले यस्तो बाध्यकारी व्यवस्था ल्याएको हो । 

आरोहणको क्रममा मृत्यु भएका आरोहीहरुलाई बेपता भएको भनेर छोडेर आउने प्रवृत्ति बढेकाले अब शब छोडेर आउन नपाइने नियम ल्याएको पर्यटन विभागले बताएको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहण कम्पनीहरुले आफनो कम्पनीबाट आरोहण गर्न गएका आरोहीहरुको मृत्यु भएमा शब लिएर आउनुपर्ने बताए । 

Advertisement

आरोहण कम्पनीहरुले अब आउने सिजनदेखि कमिटमेन्ट पत्र (प्रतिबद्धता पत्र) पेश गर्नुपर्नेछ । उनले भने, ‘आरोहण कम्पनीहरुले सम्बन्धित हिमालमा बेपत्ता तथा मृत्यु भएका आरोहीहरुको शव लिएर आउने कमिटमेन्ट लिएर आउनुपर्नेछ ।’

गुरुङले थपे, ‘बेपत्ता र मृत्यु भएका आरोहीहरुको शबलाई ल्याउन नसकेको भन्ने कुराहरु आइरहेको छ । अब चाहिं आरोहण कम्पनीहरुले नै प्रतिबद्धता पत्र पेश गरी अर्को आरोहण सिजनमा मृत्यु भएको आरोहीहरुको शव लिएर ल्याउनुपर्नेछ । यो निर्णय अहिले हाम्रो विभागीयस्तरीय हो । पछि यसलाई नियमावलीमा पनि राख्छौं ।

Advertisement

Advertisement