पटक पटक उडान गर्दै स्थगित गर्दै आएको जजिरा एअरवेजले फेरि भैरहवा उडान गर्ने

Advertisement

काठमाडौं । जजिरा एअरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । पटक पटक उडान गर्दै स्थगित गर्दै आएको उक्त एयरलाइन्सले फेरि उडान गर्न लागेको हो । 

जजिराले आउँदो अक्टोबर २ बाट उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जजिराले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्न अध्ययन थालेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

Advertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरवेजले जेठको २ गते पहिलो अन्तर्राष्ट्रिय उडान गरेका थियो । त्यसपछि उसले विजनेश नभएको भन्दै उडान स्थगित गर्दै आएको थियो । यही गएको असार ६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको थियो । 

ठूलो लगानीमा निर्माण भएका भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु हुन नसक्दा ठूलो नोक्सान हुन लागेको भन्दै अहिले चिन्ताको विषय बनेको छ । 

Advertisement

Advertisement