माओवादी आन्दोलनको कारण ऋणमा डुबेर बन्द हुन पुगेको फूलबारी रिसोर्ट खुलाउने तयारी

Advertisement

काठमाडौं । तत्कालिन विद्रोही माओवादीको हिंसात्मक आन्दोलनको असरले बन्द हुन पुगेको पोखराको फूलबारी रिसोर्ट खुलाउने तयारी गरिएको छ । 

दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा चिनिएको यो रिसोर्ट तत्कालिन माओवादीको चन्दा आतंक र माओवादी मजदुरको आन्दोलनका कारण ऋण डुबेर बन्द गर्न व्यवस्थापन बाध्य भएको थियो । 

Advertisement

फूलबारी रिसोर्ट बन्द भएपछि पोखरामा पाँचतारे स्तरको एउटा मात्रै होटल ‘होटल पोखरा ग्राण्ड’ बाँकी रहेको छ । जबकी पोखरा नेपालमै सबैभन्दा बढी पर्यटकको रोजाईमा परेको शहर हो । 

पर्यटकीय नगरीमा पर्याप्त मात्रामा ठूला सुविधासम्पन्न होटलहरु हुनुपर्नेमा भएको मन्दी बन्द हुँदा स्थानीय पर्यटन व्यवसायीहरु निराश हुँदै आएका थिए । होटल संघ नेपाल (हान)का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको शानको रुपमा रहेको फूलबारी रिसोर्ट खुलाउन सबै लागिरहेको बताउँदै चाँडै नै यो सुचारु हुने बताए । 

यो रिसोर्ट पुनः सञ्चालनमा ल्याउन पहिलेदेखि नै प्रयास हुँदै आए पनि सफल हुन सकेको छैन् । भने अब भने चाँडै सञ्चालनमा आउने विश्वासमा आफूहरु रहेको बताउँदै उनले यसमा सरकार र बैंकहरुले पनि सहजीकरण गरिदिनुपर्ने बताए । 

अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनको प्रयास गर्दै आएको छ । व्यवसायी पियुसबहादुर अमात्यले चार सय रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट निर्माण गरेका थिए । फुलबारी रिसोर्टमा दुई वटा बैंक र कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ । 

रिसोर्टमा २०५३ सालमा नेपाल बैंकको नेतृत्वको सहवित्तीयकरणमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले एक अर्ब ३१ करोड रुपियाँ ऋण लगानी गरेका थिए । तर निर्माण सुरु भएदेखि नै माओवादीको पटक पटकको अवरोध र चन्दा आतंक झेल्दै आएकोमा सञ्चालनमा आएपछि माओवादीका मजदुरहरुको अवरोध सुरु भएको थियो । माओवादी मजदुरको अराजकताका कारण राम्रोसँग ऋण चल्न नसकी बैंकको किस्ता तिर्न रिसोर्ट असफल भएको थियो । 

बैंकले अमात्यलाई ऋण नतिरेको भनेर कालोसुचीमा राखेको छ । सुवेदीले माओवादीको आन्दोलनदेखि कोडिभ महामारीका कारण होटल तथा समग्र पर्यटन क्षेत्रले धेरै पीडा खेप्नुपरेको बताउँदै पछिल्लो समय आर्थिक मन्दीमा गुज्रनुपरेको बताए । 

उनले भने, ‘केही होटलहरु पहिलाकै किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन् । पर्यटन क्षेत्र लयमा फर्किन्छ कि भन्ने आशा त बढेको छ । तर अवस्था अझै पनि राम्रो छैन् ।’ सुवेदीले अहिले १० प्रतिशत पर्यटन हुने समय हो भन्दै भारतीय र चिनियाँ पर्यटकहरुको चहलपहल पोखरामा ठिकै रहेको बताए । 

उनका अनुसार पोखरामा चार तारे होटलहरु सात वटा छ भने १७ वटा तारे होटलहरु रहेका छन् । केही तारे होटल निर्माणको क्रममा रहेको पनि बताए । 

Advertisement

Advertisement