मुन्दुम पदमार्ग, जहाँ पहिलो पटक गोठस्टे (गाईभैंसीको गोठमा बस्ने सुविधा) सेवा सुरु

Advertisement

काठमाडौं । मुन्दुम पदमार्ग भोजपुर र खोटाङमा पर्छ । पर्यटकहरुले नयाँ र फरक अनुभव लिनसकिने यो पदमार्गमा यात्रा गर्न कोरोना महामारीपछि आन्तरिक तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्ढो छ । 

पछिल्लो समय मानिसहरुले पदयात्रामा जान नयाँ नयाँ रुट खोज्ने प्रवृत्ति बढेर गएको छ । त्यस्ता मानिसहरुका लागि मुन्दुम पदमार्ग एउटा विकल्प बनेको छ । सन् २०१८ जुलाई १२ देखि खुल्ला गरिएको यो मार्ग भोजपुरका गायक तथा लेखक श्याम राईले संस्था मैयुङ टेम्के साल्पासिलिचुङ क्पर्यटन प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा अन्वेषण गरिएको हो ।  

Advertisement

मुन्दुम पदमार्गमा यात्राको अनुभवका लागि काठमाडौंबाट गएर आउन १२ दिनको प्याकेज प्याकेज हुन्छ । यो प्याकेजमा जाने पर्यटकलाई प्रतिव्यक्ति १२ सय डलर पर्ने मैयुङ टेम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्षका रमेश राईले जानकारी दिए । त्यस्तै नेपाली पर्यटकहरुको लागि यो यात्रा गर्न १० दिन लाग्ने र प्रतिव्यक्ति २० हजारदेखि २१ हजार रुपियाँ पर्छ । तर लग्जरि सेवा चाहिएमा खर्च बढी लाग्ने उनले बताए । 

पदयात्राको अन्तिम विन्दु हो, साल्पासिलिचुङ । चार हजार १६५ मिटर उचाइमा रहेको सिलिचुङमा पुगेर फर्किने रुटहरु चार वटा रहेको छन् । मुख्य रुट भनेको भोजपुर एयरपोर्ट हो । तर पदयात्रा गरेर फर्किने पर्यटकहरुको लागि धेरै विकल्पहरु पनि रहेको छ । राईले भने, ‘चार हजार १६५ मिटर उचाइबाट भोजपुर फर्किए पनि भयो । त्यहाँबाट लुक्लातर्फ जान सकिन्छ । तल्लो सोलुतर्फ पनि आउँन सकिन्छ । तुम्लिङ्गटार एयरपोर्ट, खोटाङको ऐसेंलुखर्कलगायत रुटबाट फर्किन सकिन्छ ।’ 

पदयात्रा गर्दै साल्पासिलिचुङ जाने रुटहरु काठमाडौंबाट चखेवा भञ्ज्याङ, काठमाडौंबाट भोजपुर, बिराटनगर हुँदै धरान भएर भोजपुर गरी तीन वटा रुटहरु रहेको उनले बताए । राईले थपे, ‘गत वर्ष मुन्दुम पदमार्गमा करिब १५ वटा ग्रुपले पदयात्रा गरे । अहिले विभिन्न ट्रेकिङ कम्पनी लगायतले पनि फिल्ड अध्ययन गरिगरिहरेका छन् । यो वर्ष ४० देखि ५० वटा विदेशीहरुको ग्रुपले मुन्दुम पदयात्र गर्ने आशा रहेको छ । गत वर्ष आन्तरिक पर्यटकहरुले करिब १५ हजार जनाले पदयात्रा गरेको थियो । यस वर्ष अझ बढ्ने देखिन्छ ।’ 

मुन्दुम पदमार्ग किरात सांकृतिक ट्रेल पनि भएको राईको भनाई छ । यो क्षेत्र जैविक विविधतामा पनि धेरै धनी रहेको बताउँदै उनले गुराँसको राजधानी भन्दा पनि हुने बताए । यस पदमार्गमा रेड पाण्डा पनि देख्न पाइन्छ । साथै, आठ हजार मिटर अग्ला पाँच वटा हिमालहरु यही मार्गमा देख्न सकिन्छ । विश्कै होंचो उपन्यका ‘अरुण उपत्यका’ मुन्दुम पदमार्गमा पर्छ ।  

मुन्दुम पदयात्रमा १० वर्षको उमेरदेखि लिएर ८० वर्ष उमेरसम्मकाले सजिलै पदयात्रा गर्नसक्ने राईले दावी गरे । उनले भने, ‘यहाँ धेरै अग्लो, डाँडाकाँडा चढ्नुपर्ने, धेरै उकालो हिंड्नुपर्ने छैन् । विशेषगरी चौर रै चौरमा हिंड्ने हो । यो ट्रेलमा हिंड्दा कुनै पनि मान्छेलाई थकानको महशुस हुँदैन् । अर्को फाइदा भनेको हनि हन्टिङ (मह काड्न) गर्न सकिन्छ । यो मार्गमा धेरै मात्रामा  हिमाली मौरी पाइन्छ । यहाँ हरेक वर्ष हनि हन्टिङको आयोजना हुन्छ । झरना पनि प्रशस्त छ । झरनामा क्यानोइङ पनि गर्न मिल्छ । त्यसको लागि परीक्षण पनि भइसक्यो । एक्डभेचर गतिविधिका लागि पनि मुन्दुम पदमार्गका रुट राम्रो छ ।’

यो रुटमा धेरै गोठहरु पनि रहेको राईले बताए । वर्खामा आउँदा यो मार्गमा एक हजारभन्दा बढी गाइवस्तु, भेंडाहरु खर्कमा देख्न सकिन्छ । आफूहरुले गोठस्टे भनेर सुरु गरेको सुनाउँदै उनले नेपालमा अहिलेसम्म होमस्टे, फमस्टे, होटल, रिसोर्टको अवधारण सुन्दै आए पनि गोठस्टे भनेर पहिलो पटक सुरु गरेको बताए । गोठस्टेसँगै होमस्टे पनि रहेको राईले बताए । यो रुट हुँदै मकालु, चामलाङ हिमाल, मेरा पिक लगायतका हिमाल जान सकिन्छ । 

Advertisement

Advertisement