बाजेको सेकुवाको १७औं शाखा जोरपाटीमा, ५६ वटा पुर्याउने योजना

Advertisement

काठमाडौँ । सेकुवाका लागि लोकप्रिय रेष्टुरेन्ट ब्राण्ड ‘बाजेको सेकुवा’को नयाँँ आउटलेट (शाखा) बौद्धको जोरपाटीमा भोलि (शनिबार)देखि सञ्चालनमा आउने भएको छ । यसअघि उसले बुढानीलकण्ठमा शाखा विस्तार गरेको थियो । 

करिव पाँच दशक पूरानो व्यवसायको रुपमा परिचित जोरपाटी शाखाको भोलि सफ्ट ओपनिङ गर्न लागेको उक्त ब्राण्डका बिक्री तथा बजार प्रवन्धक जोन्सन श्रेष्ठले बताए । यो रेष्टुरेन्टको सञ्चालक अहिले चेतन भण्डारी हुन् । यसअघि बाजेको सेकुवाले विराटनगरमा शाखा खोल्ने जनाएको छ । 

Advertisement

रेष्टुरेन्टले अहिले काठमाडौं बाहिर पोखरा र नुवाकोटमा १–१ वटा र अमेरिकामा दुई वटा शाखा सञ्चालन रहेको छ । चितवन, दाङ, सुर्खेत, नेपालगञ्ज र जनकपुरमा पनि शाखा खोल्न आवश्यक तयारी भइरहेको बताउँदै श्रेष्ठले २०२७ सम्म नेपाल र विदेशमा गरी ५६ वटा शाखा खोल्ने योजना रहेको बताए । 

Advertisement

Advertisement