आजदेखि पर्यटन क्षेत्रमा श्रमिकहरुको पारिश्रमिक बढ्यो, कस्को कति वृद्धि ?

Advertisement

काठमाडौं । ट्रेकिङ एण्ड टुर क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि आज (सोमबार)देखि नयाँ पारिश्रमिक लागू भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ)बीच गत जेठ २६ गते भएको सम्झौता अनुसार नयाँ पारिश्रमिक लागू भएको हो । 

सम्झौताअनुसार सगरमाथा, अन्नपूर्ण, लाङटाङ, डोल्पा, मकालु, कञ्चनजङ्घा, मनास्लु, धौलागिरी लगायतका पदयात्रा गन्तव्यहरुमा खटिने श्रमिकहरुको पारिश्रमिक वृद्धि गरिएको छ । नयाँ पारिश्रमिक दररेट कार्यान्वयन गर्न टानले आफ्ना सदस्य कम्पनीहरुलाई परिपत्र पनि गरेको छ । 

Advertisement

कस्को कति वृद्धि ? 
– पथप्रदर्शक (गाइड) प्रतिव्यक्ति प्रतिदिन रु. ३,१००
– सहायक पथप्रदर्शक प्रतिव्यक्ति प्रतिदिन रु. २,५००
– सहयोगी पथप्रदर्शक प्रतिव्यक्ति प्रतिदिन रु. २,५००
– सहयोगी श्रमिक प्रतिव्यक्ति प्रतिदिन रु. २,४००

यस्तै, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र संयुक्त पर्यटन ट्रेड युनियन फोरमबीच गत चैत १० गते टुरिस्ट (टुर) गाइडको पारिश्रमिक वृद्धिको सम्झौता भएको थियो । वृद्धि गरिएको पारिश्रमिक दररेट यस्तो छः 

ग्रुपको संख्या            अंग्रेजी भाषा           अन्य भाषाहरू 
०१–०२                         ३,०८०                      ३,७००
०३–०६                        ३,९३०                      ४,७००
०७–१२                        ४,२६०                      ५,१००
१३–२०                        ४,५८०                     ५,५००
२१ भन्दा माथि            ४,९८०                    ५,९००

Advertisement

Advertisement