ब्रोडपिक चढेका निमा रिन्जीको विश्वका अग्ला १४ हिमाल आरोहण गर्ने योजना

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हिमाल चढेका छन् । पाकिस्तानमा रहेको ब्रोडपिक (८,०५१ मिटर) हिमालको आइतबार बिहान ४ः३० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दियो । 

निमाले गाइड पासाङ नुर्बु शेर्पासँग ब्रोडपिक चढेका हुन् । उनले यसअघि पाकिस्तानमा रहेको गासरब्रम–१ आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका थिए । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने निमाको लक्ष्य रहेको कम्पनीको भनाई छ । 

Advertisement

शेर्पाले यसअघि मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, नङ्गा पर्वत, गासरब्रम– २ र गासरब्रम– १, ब्रोडपिक लगायत हिमालहरु सफल आरोहण गरिसकेका छन् । 

उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् । त्यस्तै, शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही पनि बनेका थिए ।

Advertisement

Advertisement