बैंकिङ क्षेत्रमा जागिर खान नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाबाट प्रमाणितलाई प्राथमिकता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जागिर खान नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाबाट प्रमाणितहरुलाई प्राथमिता दिने नीति लिएको छ । 

आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा जागिर खाने कुरामा कडाई गरिएको हो । यसअघि राजनीतिक दलदेखि बैंकका सञ्चालकहरुसम्मको दबाबमा जागिर लगाउने प्रवृत्ति रहँदै आएको थियो । 

Advertisement

राष्ट्र बैंकले बैंकिङ प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने बताउँदै नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्तिविकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने बताएको छ । 

Advertisement

Advertisement