निमावि तहको शिक्षक लाइसेन्सको लागि विज्ञापन खुल्यो

Advertisement

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ ।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूका लागि आज ( साउन ११) देखि आवेदन खुल्ला गरेको हो । आउँदो भदौ ८ सम्म अनलाइनमार्फत आवेदन पेश गर्न सकिन्छ । दोब्बर दस्तुर तिरेर १५ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

Advertisement

अनलाइन आवेदन पेश गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

लाइसेन्सका लागि आउँदो कात्तिक २८ गते दिउँसो १ बजे परीक्षा हुने आयोगले जनाएको छ । 


 

Advertisement

Advertisement