किसानले गैरव्यापारिक प्रयोजनका लागि मल ल्याउँदा भन्सारमा अवरोध नगर्न समितिको निर्देशन

Advertisement

काठमाडौं । संसदको अर्थ समितिले किसानले गैरव्यापारिक प्रयोजनका लागि सीमा पारीबाट रासायमिक मल ल्याउँदा भन्सारमा अवरोध नगर्न सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको बैठकले आफ्नो बारीमा प्रयोग गर्न किसानले दुई बोरासम्म मल ल्याउँदा भन्सारमा अवरोध र बन्देज नगर्न सरकारलाई निर्देशन दिएको हो । धान रोप्ने बेलामा किसानले मल नपाएको गुनासो बढेपछि समितिले छलफलका लागि आज कृषि तथा पशुपंक्षी विकास मन्त्री, उद्योग बाणिज्य तथा आपूर्ति सचिव, लगानी बोर्डका सीईओलगायतका सम्वन्धित निकायका अधिकारीहरुलाई छलफलका लागि बोलाएको थियो । 

Advertisement

छलफलपछि बैठकले मलको माग र आपूर्तिमा ठूलो ग्याप देखिएकोले मलको यथार्थ मागको यकिन गरी माग र आपूर्तिबीच फरक पूर्ति गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी कार्ययोजना लागू गर्न निर्देशन दिएको छ । 

त्यस्तै, बैठकले रासायनिक मलको विकल्पको रुपमा जैविक र प्राङ्गारिक मलको आपूर्ति र प्रयोग सम्वन्धमा राष्ट्रिय रणनीति तयार गरी कार्यान्वयन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

रासायनिक मल आपूर्तिको भरपर्दो र पारदर्शी आपूर्ति प्रणाली बनाउन, रासायनिक मलको उद्योग खोल्ने विषयमा आएका प्रस्ताव र विकल्पका विषयमा संभाव्यता अध्ययन गर्ने, अरु कोही इच्छुक भए उद्योग स्थापना गर्न आव्हान गर्ने, सरकार–सरकारबीचको सम्झौतामा रहेर कसैले मल आपूर्ति गर्न चाहान्छ भने त्यसका लागि स्पष्ट नीति बनाउन पनि समितिले निर्देशन दिएको छ ।  

Advertisement

Advertisement