वाणिज्य बैंकहरुमा निक्षेप घट्दा कर्जा लगानी ३ अर्ब बढ्यो, अन्तरबैंक ब्याजदर र सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब घट्दा कर्जा लगानी पनि ३ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १५ गते सोमबार निक्षेप ४९ खर्ब ४४ अर्ब छ । अघिल्लो दिन गत आइतबार ४९ खर्ब ४७ अर्ब थियो । 

Advertisement

त्यस्तै साउन १५ गते बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९२ अर्ब थियो । 

त्यस्तै गत सोमबार बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १६ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १८ अर्ब थियो । 

अन्तरबैंक ब्याजदर घटेर ५.५४ प्रतिशतमा झरेको छ । अघिल्लो दिन  पनि ५.८५ प्रतिशतनै प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.३८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत आइतबार ८३.२८ प्रतिशत थियो । 

Advertisement

Advertisement