वाणिज्य बैंकहरुमा थपियो एक अर्ब निक्षेप, कस्तो छ कर्जा लगानीको अवस्था ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी पनि १ अर्बले घटेको छ ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १७ गते बुधबार निक्षेप ४९ खर्ब ४६ अर्ब छ । अघिल्लो दिन गत मंगलबार ४९ खर्ब ४५ अर्ब थियो । 

Advertisement

त्यस्तै साउन १७ गते बाणिज्य बैंकहरुको कर्जा लगानी घटेर ४२ खर्ब ९३ अर्बमा झरेको छ । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब थियो । 

त्यस्तै गत बुधबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १६ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १५ अर्ब थियो । त्यस्तै बुधबार कूल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५५ अर्ब थियो । 

अन्तरबैंक ब्याजदर घटेर ५.४८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन  पनि ५.५१ प्रतिशत प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.३८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत मंगलबार ८३.४२ प्रतिशत थियो । 

Advertisement

Advertisement