वाणिज्य बैंकहरुले कमाए ७० अर्ब नाफाः नबिलको सबैभन्दा बढी, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुकाले गएको वर्ष ७० अर्ब १७ करोड नाफा कमाएका छन् । 

हाल सञ्चालकमा रहेका २० वाणिज्य बैंकहरुको आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष भन्दा २४.९३ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्ष ५६ अर्ब १७ करोड नाफा कमाएका थिए । 

Advertisement

गएको वर्ष सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ५२ करोड नाफा कमाएको छ । ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र नेपाल इन्भेष्टमेण्ट मेगा नाफा बढी कमाउनेमा टप फाइभ बैंक भएका छन् । 

सबैभन्दा कम माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोडमात्रै नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंक र कुमारी बैंकले अघिल्लो वर्ष भन्दा गएको वर्ष नाफा घटाएका छन् । 

न्बिल र ग्लोबल आइएमईले ७ अर्ब नाफा कटाउँदा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब बढी नाफा कमाएका छन् । बाँकी ७ वटाले ३ अर्ब बढी नाफा कमाउँदा ६ वटाले २ अर्ब बढी नाफा गरे । २ अर्ब भन्दा कम नाफा गर्नेमा कुमारी र माछापुच्छ्रे बैंक छन् । 


 

Advertisement