नायिका दिया पुनले अफ्रिकाको किलिमन्जारो चढ्ने

Advertisement

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उक्त हिमालको आरोहण गर्न अफ्रिका पुगेकी उनी किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् । 
 
पुनले यही साउन २७ मा किलिमन्जारो चढ्ने आफ्नो योजना रहेको कर्पोरेट नेपाललाई बताइन् । पाँच हजार ८९५ मिटर उचाइको किलिमन्जारो चढेसँगै सात महादेशका अग्ला हिमालमध्ये तीन वटा आरोहण गर्न सफल हुनेछिन् । पुनले सातै महादेशका अग्ला शिखरमा पुग्ने लक्ष्य रहेको बताइन् । उनले यसअघि सगरमाथा र अन्टार्टिकाको आकानकागुवाको आरोहण गरिसकेकी छन् ।

Advertisement

Advertisement

Advertisement