वाणिज्य बैंकहरुमा थपियो ६ अर्ब निक्षेप, एक अर्बले मात्रै बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ६ अर्ब थपिंदा कर्जा लगानी भने १ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १९ गते शुक्रबार निक्षेप ४९ खर्ब ५५ अर्ब छ । अघिल्लो दिन गत बिहीबार ४९ खर्ब ४९ अर्ब थियो । 

Advertisement

त्यस्तै गत शुक्रबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९३ अर्ब थियो । 

त्यस्तै गत शुक्रबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ अर्ब २५ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १९ अर्ब थियो । त्यस्तै शुक्रबार कूल कर्जा लगानी ४८ खर्ब ५५ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५४ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर घटेर ५.३५ प्रतिशतमा झरेको छ । अघिल्लो दिन  पनि ५.४३ प्रतिशत प्रतिशत थियो ।

सीडी रेसियो घटेर ८३.२८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत विहीबार ८३.३८ प्रतिशत थियो । 

Advertisement

Advertisement