राजश्व समूहका ६० भन्दा बढी उपसचिवको सरुवा हुँदै, कर्मचारीहरु शक्ति केन्द्र धाउन सुरु

Advertisement

काठमाडौं। रावश्व समुहका ६० जानभन्दा धेरै उपसचिवको सरुवा हुने भएको छ । अर्थ मन्त्रालय, मन्त्रालयअन्तर्गतका आन्तरिक राजश्व विभाग, भन्सार विभागलगायतका निकायमा कार्यरत कर्मचारीहरुको सरुवा गर्न लागिएको हो । 

राजश्व समूहका कर्मचारीहरु सामान्यतया एक स्थानमा दुई वर्ष कार्यरत रहने परम्परा छ । यद्यपी भन्सार विभाग र यसविभाग मातहतका कार्यालयहरुमा भने यो प्रणाली भत्काइएको छ । अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागमा भने अधिकांश दुई बर्षमा सरुवा हुन्छन् । 

Advertisement

सरकारले सरुवाको तयारी गरेपछि दुई वर्ष पुगेका कर्मचारी आफू अनुकूलको ठाउँमा सरुवा मिलाउन दौडधुप सुरु गरेका छन् । धेरैजसो कर कार्यालय बसेका उपसचिवहरु मन्त्रालय बस्न जोडबल गरिरहेका छन् भने मन्त्रालय तथा विभाग बसेका कर्मचारीहरु प्रमुख कर कार्यालयहरुमा जान लालयीत देखिएको मन्त्रालय स्रोतको भनाई छ । 

विशेषगरी उपत्यकाको कर कार्यालयमा जानका लागि कर्मचारीहरुले जोडबल गरिरहेको स्रोतले जानकारी दियो । उपत्यकाको त्रिपुरेश्वर कर कार्यालय, कलंकी कर कार्यालय कालिमाटी, न्युरोड, ठमेल, ललितपुर, महाराजगंज, पुतलीसडक कर कार्यालयमा जानका धेरै उपसचिवहरु इच्छुक देखिएका छन् । 

राजश्वमा काम गर्नेहरुको अरुको भन्दा आकर्षक तलब सुविधा हुन्छ । पैसा धेरै कमाउन चाहनेहरुले भन्सार कार्यालय र महत्वपूर्ण ठाउँका कर कार्यालय रोज्ने गर्छन भने कोही आफ्नो परिवार तथा घर छोड्न नचाहानेहरु सोही अनुकुलको ठाउँमा सरुवा हुन खोज्ने प्रवृत्ति देखिएको छ । सरुवाको अन्तिम तयारी भइरहेको बेला सरुवाको लागि समय पुगेका उपसचिवहरु मन्त्री, सचिव, निजामती कर्मचारी युनियनका नेताहरुको पुगिरहेको स्रोतको दावी छ । 

Advertisement

Advertisement